Explore news and happenings at Bhaktapur

कोरोनालाई हेलचेक्र्याइँ नगरिदिनुहोला — वडाध्यक्ष कुमार चवाल

कुमार चवाल, भक्तपुर नपा वडा नं. ४ का अध्यक्ष

0

 कोरोना सङ्क्रमणबाट स्वास्थलाभ गरी रहनु भएको छ । अहिले तपाइ“को स्वास्थ्य अवस्था कस्तो छ ?
उत्तर– एकदम ठीक छ । मलाई त्यस्तो कुनै गाह्रोसाह्रो भएन । तर आÇनो ज्यानको सुरक्षा आफैले गर्नु पर्दछ र सतर्कताको उपायहरू अपनाउनु पर्छ ।

 तपाइ“मा कोरोनाको सङ्क्रमण कहा“ र कसरी भयो ? आफूलाई कोरोना भएको कसरी थाहा पाउनुभयो ?
उत्तर– मलाई कहा“ र कसरी सङ्क्रमण भयो त्यो थाहा भएन । हामी जनप्रतिनिधिहरूको दिनमा सयौ“ व्यक्तिहरूस“ग भेटघाट भइरहन्छ । एक जना साथीलाई कोरोना पोजेटिभ भयो त्यही साथीस“ग २ पटक बैठकमा बसेको कारणले म पनि कन्ट्राक्ट ट्रेसि·मा परेको थिए“ । मेरो कोरोना पोजेटिभ भएछ । जनस्वास्थ केन्द्र भक्तपुरका डा.रत्नसुन्दर लासिवाले मलाई फोनमार्फत रिपोर्ट पोजेटिभ भएको जानकारी दिनुभयो ।

 कोरोनाबाट संक्रमित हु“दा तपाइ“मा लक्षण केही देखिएको थियो ?
उत्तर– अह“, केही थिएन । मैले किड्नी ट्रान्सप्लान्ट गरे पश्चात विहान र बेलुका सधै“ वाफ लिने गरेको छु र भ्वाइस थेरापी गरेको कारणले पनि मलाई केही नभएको हुनसक्छ ।

 कोरोनाबाट संक्रमित हु“दा आफ्नो अनुभव बताई दिनुस् न ?
उत्तर – कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्छ, डाक्टर, नर्स, प्रहरी हामी टोल छिमेकमा प्रचार प्रसार गर्ने जनप्रतिनिधि भएको कारणले गर्दा मलाई त्यस्तो कुनै ठुलो कुरा जस्तो लागेन । मैले भाद्र १४ गते स्वाव टेस्ट गर्दा नै घर परिवारमा म धेरै बाहिर जानुपर्ने र औषधी खानुपर्ने व्यक्ति भएकोले मलाई पनि पोजेटिभ हुन सक्छ भनेर जानकारी दिइ राखेको थिए“ ।

तपाइ“ घरमै अलग क्वारेन्टाइनमा बसेर स्वास्थ्य लाभ गर्नु भएको रहेछ । होम क्वारेन्टाइनको अनुभव कस्तो रहृयो ?
उत्तर– १, २ दिन त दिन कटाउन गाह्रो भयो । एकलै बस्नु पर्ने भएर । ३/४ दिनसम्म २ वटा मोवाइलमा फोन आएको आयै, फोन उठाउन मात्रै ठीक भयो । यो सबै मलाई माया गरेर फोन आएको ठाने । सबैले भन्छन् पिर नगर, झोलीलो चिज धेरै पिउनु, केही पनि हु“दैन, आत्मबल बढाउनु पर्छ भनेर सबैको सुझाव पाए“ । सोच्दै नसोचेका व्यक्तिहरूलेसमेत फोन गरेर माया गरेको अनुभव गरेको छु । क्वारेन्टाइन अवधिभर परिवारलाई चाहीं धेरै दुःख हुने रहेछ । विहान चियादेखि तातो पानी, वैद्य औषधी, दाल, सुप, खाजा खाना आदि पकाएर खुवाउनु पर्दा परिवारलाई गाह्रो हुने रहेछ । त्यही बेलामा अन्डरग्राउण्ड पानी ट्यांकीमा पानी सकियो । अरुलाई पर्दा कुरा आउ“छ आफूलाई पर्दा ज्वरो आउ“छ भनेको उखान मलाई परेको महसुस गरे“ । म सु.न.पा.को आदर्श चोकमा आफ्नै घरमा क्वारेन्टाइन बसेको भएर मलाई छिमेकीहरूले आवश्यक सामानहरू, औषधि, पानी खानेकुराहरू सहयोग गरेकोमा सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु । यस्तो अवस्थाको सम्भावनालाई ध्यानमा राखेर साथीहरूले आÇनो घर भाडामा राख्न सचेत हुन पनि आग्रह गर्दछु किनकी कोरोना पोजेटिभ भएमा होम क्वारेन्टाइन बस्न आफैलाई चाहिने सल्लाह दिन चाहन्छु । होम क्वारेन्टाइन बस्नु जेल बस्नुभन्दा गाह्रो भएको मैले महसुस गरे“ ।
प्रश्न ६– होम आइसोलेशनमा बस्दा तपाइ“लाई कुनै किसिमको असहजता महसुस भयो ?
उत्तर– होम आइसोलेशन बस्दा मलाई खासै असहज भएन । घर परिवारलाई कन्ट्राक्ट ट्रेसि·मा सबैको रिपोर्ट नेगेटिभ भयो तर छोरी र ज्वाइ“को पोजेटिभ भयो जस्ले गर्दा मैले १४ दिन भन्दा बढी होम क्वारेन्टाइन बस्नु प¥यो । त्यही समयमा काकी बित्नु भयो । मलाई पोजेटिभ भएको कारणले मलामी जान र चोख्याउनसम्म पनि जान पाइएन ।

 महामारीको रूपमा फैलिरहेको कोरोनालाई बेवास्ता गर्दै सुरक्षा विधि नअपनाउने र जथाभावी हि“ड्नेलाई तपाइ“ के भन्नुहुन्छ ?
उत्तर– कोरोना रोगलाई सामान्य रोग नठान्नु होला । कोरोना रोगबाट आफूपनि बचौ“ र अरुलाई पनि बचाऔ“ । यसको रोकथामकोलागि भिडभाडमा नजाऔ“, सकेसम्म २ मिटरको फरकमा बसौ“ । खाना खानु अघि र पछि सावुन पानीले २० सेकेन्डसम्म मिचिमिचि हात धोऔ“ । कुनै पनि सामान र पैसा छु“दा स्यानिटाइजर प्रयोग गरौ“ । बाहिर जा“दा माक्सको प्रयोग गर्न कहील्यै नबिसौ“ । आफूलाई रुघाखोकी तथा ज्वरो आएमा नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गरौ“ । रोगलाई नलुकाऔं यसैमा हामी सबैको भलाई छ ।

कोरोनाबाट बच्न के कस्ता उपायहरू अबिलम्वन गर्न सकिन्छ ?
उत्तर– कोरोनाबाट बच्न तातोपानी धेरै खाने, दाल, सुपहरू खाने, नेपाली वैद्य पसलबाट ल्वाङ, मरिच, दाल्चीनी, गुर्जो आदि मिसाएको औषधि खानाले प्रतिरोधात्मक क्षमता बढ्ने हु“दा विहान बेलुका पानीमा तताएर खाने, सर–सफाइमा ध्यान दिने, भिडभाडमा नजाने यतिकुरा ख्याल राख्नुपर्छ ।

अन्त्यमा केही भन्नु छ कि ?
उत्तर– कोरोना भाइरस दिन दिनै बढ्दै छ । यसलाई हेलचक्राइ“ नगर्नु होला । कोरोना भाइरस रोग जो कोहीलाई लाग्न सक्छ । रोग लागेका व्यक्तिहरूलाई हेला होइन, माया गर्नुपर्छ । आफूले सकेको जति सहयोग गरेको खण्डमा आफूले पनि सहयोग पाउनेछ । धन्यवाद ¤

(कोभिड १९ को संक्रमण भई स्वास्थ्यलाभ गरिरहनुभएका भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालसँगको कुराकानी)

Leave A Reply

Your email address will not be published.