Explore news and happenings at Bhaktapur

२०७७ सालको दशैंबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

0

आदरणीय नगरबासी दिदीबहिनी दाजुभाइहरु,

दिनदिनै कोरोना संक्रमणको संख्या वृद्धि भइरहेकोबारे हामी सबै जानकार नै छौं । देशभर दैनिक कोरोना संक्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित भएको पाइएको छ । घना वस्ती भएको उपत्यकामा यो रुपमा कोरोना संक्रमण पैmलिनु तपाई हामी कोही पनि सुरक्षित नभएको संकेत हो ।
विश्वमा हालसम्म औषधी पत्ता नलागेको यो रोगबाट बच्न कुनै पनि काम गर्दा अर्को व्यक्तिबाट टाढा रहनु नै हो । भक्तपुर नगरपालिकाले नगरवासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी जनताहरुलाई रोगबारे सचेत पार्न दैनिक माइकि· तथा विभिन्न संचार माध्यमबाट सूचना प्रवाह गरिरहेको छ ।

नगरबासीहरुमा संक्रमितहरुको संख्यामा वृद्धि हुन थालेपछि घर घरमै एकान्तवास बस्नेहरुका लागि स्वास्थ्य, सरसफाइ र अन्य विषयमा जानकारी लिन नगरपालिकाले चिकित्सक र कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्दै आएका छौं । त्यसबाट धेरै नगरबासीहरुको सेवा भइरहेको छ ।

भक्तपुर नगरपालिकाले लक्षण नदेखिएका तर घरमा बस्न सम्भव नभएका नगरवासीहरुलाई भक्तपुर नपा वडा नं. ब्रम्हायणीमा छट्टै एकान्तबास (आइसोलेसन) को व्यवस्था गरिरहेको छ । सरकारी मापदण्डअनुसार निर्मित उक्त ७५ शैय्या क्षमताको आइसोलेसनमा ५६ जना नगरबासीले सुविधा पाइरहेका छन् । त्यसको लागि नगरपालिकाले छुट्टै समिति गठन गरेर आवश्यक व्यवस्था गर्दै आएको छ ।

आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका संक्रमितहरूलाई समय—समयमा चिकित्सक, आर्युवेदिक चिकित्सक, फिजियोथेरापिष्ट, मनोपरामर्शदाता एवम् जनप्रतिनिधिहरूबाट स्वास्थ्य परामर्श दिइरहेका छौं ।
संक्रमण व्यापक रुपमा पैmलिन नदिन विस्काजात्रा, गाईजात्रा, गुँला बाजा, पञ्चदानलगायतका महŒवपूर्ण चाडपर्वहरुलाई औपचारिकतामा मात्रै सीमित राख्नुप¥यो । समाजमा कुनै किसिमको भिडभाड हुन नदिन र जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो अप्रिय निर्णय नगरपालिकाले गर्नु परेको यथार्थ यहाँहरु सबैले बुझ्नु भएको छ ।

नेपालीहरुको महत्वपूर्ण पर्व दशैं हाम्रो सामु आइपुगेको छ । कार्तिक १ गते घटस्थापना छ । दशैंमा भक्तपुरमा विभिन्न जात्राहरु हुने गर्छन् । ती कुनै पनि जात्रामा भिडभाड हुन नदिन सरोकारवाला नगरबासीहरूसँग विभिन्न चरणमा छलफल अगाडि बढाएका छौं । तलेजुमा हुने विशेष पुजालाई औपचारिकतामा मात्रै सीमित गर्ने, कुनै किसिमको बली नदिने निर्णय सरोकारवालाहरुको बैठकले गरिसकेको जानकारी गराउन चाहन्छौं ।
दशैंलाई व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य संघ, साना तथा घरेलु उद्योग व्यवसायी संघ, तलेजुका पुजारीहरूसँग सल्लाह गरी काम गरिरहेका छौं ।

यसवर्ष सर्वसाधारणलाई तलेजु प्रवेश नगराइ पुजारीहरुलाई मात्रै प्रवेशको लागि छुट्टै अनुमति पत्रको व्यवस्था गरेको पनि सम्पूर्ण नागरिकहरुलाई जानकारी दिन चाहन्छौं । त्यसै गरी दशैंमा कुमारीलाई पनि सामान्य औपचारिकतामा सीमित गर्ने भएको छ भने नवदुर्गा जात्रालाई व्यवस्थित गर्न सरोकारवालाहरूसँग छलफल भइरहेको छ ।

धेरै मानिसहरु भिड हुने गरी नवरातमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नगरवासीहरु शक्ति पिठहरुमा नगई दिन नगरपालिकाको तर्पmबाट हार्दिक अनुरोध गर्दछौं ।

अहिले रोगको लक्षण देखिएमा अस्पतालमा भर्ना गर्न कुनै पनि अस्पतालमा आइसियु र भेन्टिलेटर खाली नभएको समाचारहरु आइरहेका छन् । रोग लागेमा गरिबहरु अकालमै मृत्यु हुनुपर्ने अवस्था आउ“दैछ । यो गम्भीर परिस्थितिलाई ध्यानमा राखी दशैंको बेला भीडभाडमा आ–आप्mनो घरमै बसेर दशैं मनाउनु हुन सबैमा हार्दिक अपिल गर्दछौं । बिजया दशमी २०७७ सालको शुभकामना ¤

 

२०७७ असोज ३० गते, शुक्रबार

Leave A Reply

Your email address will not be published.