Explore news and happenings at Bhaktapur

भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

भक्तपुर, मिति २०७६ भाद्र ३ गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (Crisis Management Centre) को बैठक बुधबार सम्पन्न भयो ।

बैठकमा प्रमुख प्रजापतिले कोभिड–१९ रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि नगरपालिकाले गरिरहेको क्वारेन्टाइन व्यवस्थापनबारे निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयनको लागि आवश्यकता अनुसार स्वयम्सेवक परिचालन गरिने बताउनुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाले स्वयम्सेवक खटाई विगतमा लकडाउनको समयमा भक्तपुर नगरपालिकाले उचित व्यवस्थापन गरेको बताउनुहुँदै निषेधाज्ञाको बेला अत्यावश्यक सेवा ऐन, २०१४ मा लेखिएको बाहेकका अन्य कुनै पनि सेवामा छुट नहुने उल्लेख गर्नुभयो ।

बैठकले कोभिड–१९ संक्रमण दिनहुँ बढिरहेको र काठमाडौं उपत्यकासँगै भक्तपुर जिल्लामा पनि संक्रमण बढेकोले दैनिक रुपमा माइकिङ्ग गरी जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको निषेधाज्ञाको पूर्ण पालनाको लागि सर्वसाधारण जनतालाई जानकारी दिने र निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गराउन नगरका मुख्य सडक, चोक, गल्लीमा सुरक्षा निकायको परिचालनसँगै आवश्यकता अनुसार स्वयम्सेवकहरु परिचालन गरी सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहने निर्णय गर्‍यो ।

 

Leave A Reply

Your email address will not be published.