Explore news and happenings at Bhaktapur

‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रम

भक्तपुर, श्रावण ३१, २०७७

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनताबाट चुनिएको सरकारले जनताप्रतिको आफ्नो कर्तव्य तथा जिम्मेवारी बहन नगर्दा सर्वसाधारण जनताले दुःख पाएको बताउनुभयो ।

उहाँले देशमा असन्तुलित विकासले जनसंख्या काठमाण्डौ उपत्यका केन्द्रीत हु“दा विषम परिस्थितिले विकराल रुप लिने र सोको व्यवस्थापन असंभव हुने भएकोले सन्तुलित विकासमा जोड दिनुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका शिक्ष्ँक तथा कर्मचारीहरुबीच अनलाइनमार्फत भएको ‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहु“दै पार्टी सचिव सुवालले समाजवादउन्मुख देश भनी संविधानमा उल्लेख गरे पनि सरकारले शिक्ष्ाँ र स्वास्थ्यलाई निःशुल्क बनाउन नसकेकोमा सरकारमा गएका पार्टीहरु जिम्मेवार भएको बताउनु भयो । नामले वामपन्थी भए पनि व्यवहारमा दक्ष्ँिणपन्थी चरीत्र देखाउने दुई तिहाइको सरकार पनि नीजिकरणलाई बढावा दि“दै संविधानमा मौलिक हक अन्तर्गत रहेका शिक्षा र स्वास्थ्यलाई गरीव जनताको पहु“चभन्दा बाहिर पु¥याउने कार्यमा उद्यत रहेको बताउनु भयो ।

उहाले चीन, क्युवा, प्रजग कोरियाजस्ता समाजवादी देशहरुमा जनताप्रति सरकारको जिम्मेवारीबोधका कारण कोभिड १९ को संक्रमण नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको वास्तविकता औंल्याउनु हु“दै आफूलाई विश्व शक्ति ठान्ने अमेरिका, युरोपका देशहरुको पू“जीवादी व्यवस्था तथा साम्राज्यवादी चिन्तनको कारण महामारी नियन्त्रण गर्न असफल भएको बताउनु भयो ।

‘पू“जीवादी देशमा वर्गीय विभेदका कारण गरीव जनताहरु बढी संक्रमित रहेको र त्यस्ता सरकारहरुको प्राथमिकतामा संक्रमण नियन्त्रणभन्दा पनि देशको अर्थतन्त्र रहेकोले हाल अमेरिका, ब्राजिल, भारतजस्ता पू“जीवादी देशहरुमा संक्रमितहरुको संख्या र मृत्यु दर बढिरहेकोे छ’ पार्टी सचिव सुवालले थप्नुभयो, ‘हालको विषम परिस्थितिमा कोरोना संक्रमण फैलिन नदिन हामीले गर्न सकिने कार्यहरु इमान्दारिपूर्वक गर्नुपर्ने र संक्रमण रोकथामको सम्भावित उपायहरु अपनाउनुको विकल्प छैन ।’

भक्तपुर नगरपालिकाका प्रमुख एवम् संस्थान संचालक समितिका अध्यक्ष्ँ सुनिल प्रजापतिले कुनै पनि देशको राजनीतिक व्यवस्थाले त्यसको चरित्र प्रष्ट पार्ने बताउनु भयो । समाजवादी देशहरुमा उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण हुने हु“दा सम्पूर्ण जनताले समान अवसर पाउने तर पू“जीवादी राष्ट्रहरुमा धनी र गरीवको खाल्डो बढ्दै जाने हु“दा कामदार जनताले दुःख पाउने बताउनु भयो । अमेरिकाबाट ६ दशक लामो कठोर नाकाबन्दीका बावजुद पनि विश्वको महाशक्ति राष्ट्र अमेरिकाको नाकमुनि रही सार्वभौमिकता रक्ष्ाँको लागि लडिरहेको क्युवाको स्वास्थ्य प्रणाली र क्युवाले कोभिड १९ को संक्रमण नियन्त्रणको लडाईमा पाएको सफलताबाट हाम्रो जस्तो देशले पाठ सिक्नुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्ष्ाँ तथा स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरेको चर्चा गर्दै नगरपालिकाद्वारा संचालित शैक्ष्ँिक संस्थाहरुमा देशभरिका विद्यार्थीहरुले कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउनु भयो । उहाले सर्वसाधारण जनताको स्वास्थ्यप्रतिको पहु“च सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्र संचालन गरेको र जनताको घरदैलोमै स्वास्थ्य सेवा पुगोस् भन्ने हेतुले घरदैलो नर्सि· सेवाको सुरुवात गरेको प्रष्ट पार्नुभयो । उहाले नगरपालिकाले ख्वप अस्पताल संचालन गर्ने तयारी भइरहेको र हाल सोको भवन निर्माण कार्य भैरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सृजना सैंजूले कोभिड १९ को महामारीले समाजवादी र पू“जीवादी व्यवस्थाबीचको प्रष्ट भिन्नता विश्वका जनताले बुझ्ने अवसर पाएको बताउनुभयो । पू“जीवादी देशहरुले जनताको जीवनभन्दा नाफालाई प्राथमिकतामा राखेको कारण धेरैको ज्यान गएको उहाको कथन थियो ।

सासद सैंजूले चीन, क्युवाजस्ता समाजवादी देशहरुले कोभिड १९ को संक्रमण नियन्त्रणमा सफलता प्राप्त गरेको र अन्य देशहरुमा समेत रोग नियन्त्रणको लागि प्राविधिक सहयोग दिई अन्तर्राष्ट्रियवादी भावना प्रदर्शन गरिरहेको जिकिर गर्नुभयो । ‘क्युवाले शिक्ष्ाँ र स्वास्थ्यलाई प्राथमिकतामा राखी आफ्ना जनतालाई सेवामुखी शिक्षा दिएको कारण विश्वका दर्जनौं देशमा क्युवाका चिकित्सकहरु स्वयंसेवी भई सेवारत छन् । क्युवाको सो कार्यलाई पू“जीवादी देशहरुले वामपन्थी विचारधाराको प्रचारको लागि गरिएको प्रोपोगाण्डाको रुपमा बताइ रह“दा इटाली जस्तो युरोपेली देशले क्युवाको सहयोग लिनु परेको वास्तविकता विश्वले देखेको छ ।’

संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले स्वागत मन्तव्य राख्नु भएको सो अन्तरक्रिया कार्यक्रममा संस्थानका उप–प्राध्यापकहरु ऋतु ज्याख्व, सत्तिस प्रसाद फैजू, शोभामैंया प्रजापति, प्रभा प्रजापति र सविता सुजखूले श्रमिक साप्ताहिक पत्रिकामा प्रकाशित ‘क्युवाको स्वास्थ्य प्रणालीको शक्ति’ विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.