Explore news and happenings at Bhaktapur

ऐतिहासिक ङातापोल्ह“ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक सम्पन्न

२०७७ साउन २३ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ऐतिहासिक ङातापोल्ह“ मन्दिर जीर्णोद्धार निर्देशक समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार समितिको बैठक बस्यो ।

बि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक ङातापोल्हँ मन्दिरको जीर्णोद्धार कार्य भक्तपुर नगरपालिकाको आर्थिक लागतमा २०७६ कार्तिक महिनाबाट सुरु भई २०७७ असार मसान्तसम्ममा कार्य सम्पन्न भयो ।

बैठकले स्थानीय जनताको व्यापक जनश्रमदान तथा आर्थिक सहयोग समेत प्राप्त भई निर्धारित समयावधिभित्रै मन्दिरको जीर्णोद्धार कार्य सम्पन्न भएकोमा उपभोक्ता तथा अनुगमन समितिमा रही सक्रियातापूर्वक जिम्मेवारी बहन गर्ने पदाधिकारीहरु, निर्देशक समिति र प्राविधिक समितिमा रहेर महत्वपूर्ण कार्य गर्ने पदाधिकारी र प्राविधिक सल्लाहकारहरु, जीर्णोद्धार कार्यमा खट्नुहुने दक्ष तथा अर्धदक्ष डकर्मी, सिकर्मी, पोलँकर्मी, ल्होँकर्मी र ज्यामीहरु, जनश्रमदान एवम् आर्थिक सहयोग गर्ने विभिन्न संघ–संस्था, दाफा, गुठी, टोलबासी र अन्य महानुभावहरु, सुरक्षाकर्मी र पत्रकार मित्रहरु सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय ग¥यो ।

बैठकमा उपभोक्ता समितिका अध्यक्ष केशव तम्खूले भक्तपुर नगरपालिका वडा नं. ५ टौमढीस्थित विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक धरोहर ङातापोल्हँ मन्दिर जीर्णोद्धार कार्यसम्बन्धी हालसम्मको प्रगति प्रतिवेदन पेश ग¥यो ।

साथै ङातापोल्ह“ मन्दिर जीर्णोद्धार निर्देशक समितिका सदस्यहरुले उपभोक्ता समितिमार्फत लागत अनुमान भन्दा कम खर्चमा जीर्णोद्धार कार्य सम्पन्न हुनु, पर्याप्त श्रमदान र आर्थिक तथा भौतिक सहयोग प्राप्त हुनु, तोकिएको समयमा कार्य सम्पन्न हुनु, स्थानीय सीप, स्रोत र साधन प्रयोग गरी मौलिकता जोगिने गरी संरक्षण हुनु उदाहरणीय कार्य भएको बताउनुभयो ।

प्रतिवेदनमा ङातापोल्ह“ मन्दिर संरक्षण कार्यको लागि भक्तपुर नगरपालिकाको तर्फबाट रु.६५,१३,३५८। २७ विनियोजन भएकोमा विभिन्न सहृदयी महानुभावहरूबाट रु.१५,४७,५६९।– आर्थिक सहयोग प्राप्त भएको र यसका साथै भैरवनाथ मन्दिरबाट १६०० वटा र ख्वप इन्जिनियरिङ कलेजबाट ११० वटा गरी जम्मा १७१० वटा बा“स, तिलमाधव नारायण मन्दिर, लोकेश्वर मन्दिरलगायत विभिन्न महानुभावहरूबाट १७६७० झिंगटी, ४०० भन्दा बढी क्वपूअपा, ४ वटा ग्वंग अपा, १ वटा घोडा अपा र माटो लगायत विभिन्न सामग्रीहरू गरी जम्मा रु. ५,६३,७००।– सहयोगको रुपमा प्राप्त भएको उल्लेख छ ।

साथै ङातापोल्ह“ मन्दिर संरक्षणको लागि झिंगटी सफा गर्न १५ समूहबाट ३२१ जना र छाना छाउनको लागि ५४ समूहबाट ३८६६ जना गरी जम्मा ४१८७ जना सम्पदाप्रेमी महानुभावहरूले श्रमदान गर्नुभएको अध्यक्ष तम्खूले बताउनुभयो ।

उक्त प्रतिवेदनमा मन्दिर संरक्षण कार्यको सिलसिलामा संरक्षण कार्य अवधिभर ज्यामी, मिस्त्री, सिकर्मी, ताम्रकर्मी र पोल्हँकर्मी समेत गरी जम्मा २,३६१ जनाले ज्यालामा काम गरेको र उक्त संख्याको करिब दोब्बर जनताले श्रमदान गरी जनताको धरोहर संरक्षण कार्यमा योगदान गरेकोउल्लेख छ ।

न्यातापोल मन्दिर संरक्षण कार्यको लागि पहिलो पेश्की स्वरुप रु. ३० लाख र चन्दा रकम रु.१५,४७,५६९।– गरी जम्मा रु.४५,४७,५६९।– उपभोक्ता समितिलाई प्राप्त भएकोमा व्यापक जनश्रमदान र विभिन्न महानुभावहरूले उपलब्ध आर्थिक तथा भौतिक सहयोगबाट जम्मा नगद रु.३८,७७,६२८।४१ को खर्चमा इष्टिमेट अनुसारको सम्पूर्ण कार्य सम्पन्न भएको र उक्त खर्च रकम मध्ये ज्याला तर्फ २६,१७,५००।–, सामग्रीतर्फ ११,०२,४७८।४१ र भाडातर्फ १,५७,६५०।– खर्च भई बा“की रकम रु.६,६९,९४०/५९ भक्तपुर नगरपालिकालाई फिर्ता गसिकेको प्रतिवेदनमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.