Explore news and happenings at Bhaktapur

ऐतिहासिक एवम् सांस्कृतिक पञ्चदान पर्व स्थगित गर्ने निर्णय

२०७७ साउन १८ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जनप्रतिनिधिहरू एवम् पञ्चदान पर्व सञ्चालन गर्ने दिपंकर बुद्ध बिहारका प्रतिनिधिहरूबीच साउन १८ गते आइतबार नगरपालिकाको सभाकक्षमा सम्पन्न बैठकले यही भदौ १ गते हुने भक्तपुरको ऐतिहासिक सांस्कृतिक पञ्चदान पर्व स्थगित गर्ने निर्णय ग¥यो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा संक्रमण बढिरहेको र बिराटनगर, बीरगञ्जलगायतका सहरमा कफ्र्यु तथा राजविराजलगायतका स्थानमा निषेधाज्ञा जारी गरिएको र काठमाडौं उपत्यकामा संक्रमण रोक्न उच्च सतर्कता अपनाइरहेको अवस्थामा भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही (सापारु) लाई औपचारिकतामा सीमित गर्न सार्वजनिक आह्वान गरी जनस्तरमा प्रचारप्रसार गरिरहेको र यसै सन्दर्भमा यही भदौ १ गते हुने ऐतिहासिक एवम् सांस्कृतिक पञ्चदान पर्वलाई यो वर्ष स्थगित गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले भक्तपुर नगरपालिकाको आग्रहलाई सहर्ष स्वीकार गरी भक्तपुरमा गुलाँ पर्व स्थगित गर्ने निर्णयअनुसार सो समयावधिमा बाजासहित नगर परिक्रमा नगर्नुभएकोमा सम्पूर्ण बौद्ध धर्मावलम्बी समुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्ने पनि निर्णय ग¥यो ।

बैठकमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमणको खतरा दिन प्रतिदिन बढ्दै गइरहेको समयमा नगरबासी तथा सरोकारवालाहरुको बैठक र छलफलहरु गरी नजिकिंदै गएको जात्रा तथा पर्वहरु स्थगित र औपचारिकतामा सीमित गर्न अनुरोध गरिरहेको बताउनुभयो ।

समाजलाई जोगाउन सबैले केही न केही योगदान गर्नुपर्नेमा जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले कुनै एकको लापरबाहीले कोरोना संक्रमणबाट समुदायमा पर्नसक्ने असरप्रति सबै सचेत हुनु आवश्यक भएको बताउनुभयो ।

बैठकमा सहभागी प्रतिनिधिहरुले रोगको जोखिमलाई ध्यानमा राखी भक्तपुर नपाले यहाँका सांस्कृतिक पर्व स्थगित र औपचारिकतामा सीमित गर्न गरेको प्रयास निकै प्रशंसनीय भएको बताउँदै यस वर्षको पञ्चदान पर्व स्थगित गरिनुपर्नेमै जोड दिनुभयो ।

बैठकमा पशुपति महाविहार (क्वाठण्डौं), चर्तुब्रम्ह महाविहार (तछिछेँ), मंगल धर्मद्धित महाविहार (झौरबही), जयकिर्ति महाविहार (थथुबही) र बौद्ध समंकृत महाविहार (कुथुबही) का दिपंकर बिहारबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.