Explore news and happenings at Bhaktapur

गाईजात्रा पर्व २०७७ सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल

भक्तपुर । २०७७ असार ३० गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरुसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मंगलबार छलफल कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले कोरोना भाइरस रोग नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले विदेशबाट फर्केकाहरुलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरिरहेको बताउनुहुँदै समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न निकै गा¥हो हुने बताउनुभयो ।

कोरोना महामारीकै कारण देशकै अर्थतन्त्र खस्किरहेको अवस्थामा भक्तपुर नगरपालिकालाई पनि आर्थिक भार परेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटनलाई वृद्धि गरी आत्मनिर्भर बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।

लकडाउनको समयमा पनि भक्तपुरका विकास निर्माण कार्यहरु चालु रहेको स्मरण गर्नुहुँदै उहाँले देशकै अग्लो ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धारमा नगरबासीहरुले गरेको जनश्रमदानका कारण अनुमानित लागत भन्दा आधा बजेटमा ङातापोल मन्दिर जीर्णोद्धार कार्य सम्पन्न भएकोमा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

जुनसुकै समयमा आइपर्ने अप्ठ्यारो परिस्थितिमा सबैले आफूले सक्दो सहयोग र योगदान गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले लोप भइसकेको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित लापां देगंको पुनःनिर्माण गर्ने सोचका साथ अगाडि बढिहरेको बताउनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोगलाई बेवास्ता गरेका देशहरुमा निकै भयावह स्थिति आएको हुँदा रोगको जोखिम न्युनीकरण गर्न भक्तपुर नगरपालिकाले गाईजात्रालगायतका जात्राहरुलाई औपचारिकतामा सीमित गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोरोना रोगको जोखिमका कारण भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नाच तथा प्रदर्शनीहरु समय र परिवेशअनुसार परिमार्जन र परिष्कृत गर्दै लानुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरका मूर्त अमूर्त सम्पदा र संस्कृतिहरु यहाँको पहिचान भएको बताउनुहुँदै कोरोना संक्रमित रोगीहरुसँग सम्पर्क हुन नदिन नजिकिँदै गरेका जात्रा तथा पर्वहरुलाई औपचारिकतामा सीमित गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

छलफल कार्यक्रममा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु र सांस्कृतिक समूहका प्रतिनिधिहरुले कोरोना संक्रमणको जोखिमका कारण अरु जात्रा र पर्व जस्तै अब आउने जात्राहरुलाई पनि औपचारिकतामा मात्र सीमित गर्नुपर्ने, ठूलो भीड जम्मा हुने कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, जनताहरुलाई यो रोगबारे निरन्तर सचेत बनाउँदै लानुपर्नेलगायतका राय–सुझावहरु प्रस्तुत गरेका थिए । साथै जात्रा सञ्चालनबारे भक्तपुर नगरपालिकाको औपचारिक निर्णयको लागि पनि उहाँहरुले आफ्नो धारणा राख्नुभयो ।

गाईजात्राबारे भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले गरेका निर्णय ः
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा (सापारु) पर्व पर्ने र ती दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भई कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको जोखिम बढ्ने खतरा रहने हुँदा सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने निर्णय गरियो ।

 

Leave A Reply

Your email address will not be published.