Explore news and happenings at Bhaktapur

स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग छलफल

२०७७ असार २५ गते, बिहीबार

0

भक्तपुर नगरपालिकामा भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री ‘ख्वपको पहिचान’ का लेखकहरुसँग बिहीबार छलफल कार्यक्रम भयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरुमा एकैसाथ लागु हुने गरी स्थानीय पाठ्यक्रमको पठनपाठन भइरहेको र पाठ्यक्रमलाई सहजीकरण गर्ने उद्देश्यले भक्तपुर नपाले सन्दर्भ सामाग्रीको प्रकाशन गरेको बताउनुभयो ।

‘ख्वपको पहिचान’ पुस्तकमा अमूल्य लेखहरुको निम्ति धन्यवादज्ञापन गर्नुहुँदै उहाँले भक्तपुर जिल्लाको अध्ययन र अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, पत्रकार र अन्य अनुसन्धानकर्ताहरुको लागि यो पुस्तक पठनीय हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी लेखकहरुले ‘ख्वपको पहिचान’ पुस्तकमाथि रचनात्मक सुझावहरु प्रस्तुत गर्नुभयो । उहाँहरुले पुस्तकमा समावेश लेखहरु भक्तपुरको पहिचान झल्काउने महत्वपूर्ण पुस्तक भएको, हरेक लेखलाई विज्ञानसँग जोड्नुपर्ने, मुद्राराक्षसमा भएका त्रुटीहरुलाई आगामी दिनहरुमा परिस्कृत गर्दै लानुपर्ने, लेखसँग सम्बन्धित तस्बीरहरु राखिनु उचित हुनेलगायतका सुझावहरु दिनुभयो ।

‘ख्वपको पहिचान’ सन्दर्भ सामाग्री भाग १ को मिति २०७७ असार २३ गते सार्वजनिकीकरण गरिएको थियो । स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले दोस्रो भाग पनि छिटै नै तयारी गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.