Explore news and happenings at Bhaktapur

भनपा ९ सूर्यमढीस्थित नासः द्यःको पुनः निर्माण कार्य सम्पन्न

भक्तपुर, १५ जेठ ।

0

भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढीस्थित नासः द्यः को पुनः निर्माण कार्य विहिबार सम्पन्न भएको छ । बिहीबार उक्त मन्दिरको छाना छाउने कार्य उत्साहजनक जनश्रमदानका साथ पूरा भएको छ ।

स्थानीय कालीगढ र ज्यामीको प्रयोग भएको हुँदा नेपाल सरकारद्वारा लागू गरिएको बन्दाबन्दीको समयमा पनि उक्त मन्दिर पुनः निर्माण कार्यलाई निरन्तरता दिइएको उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर खयरगोलीले बताउनुभयो ।

भक्तपुर नगरपालिकाको वडा बजेट अन्तर्गत कूल लागत इष्टमेट रू.४ लाख ६० हजार रहेको वडा प्राविधिक अर्हत बज्राचार्यले बताउनुभयो । २०७२ सालको विनाशकारी भूकम्पले उक्त मन्दिरमा क्षति पुगेको थियो ।

पराम्परागत झिंगटी इँटा, बुट्टेदार काठ र दाचि इँटाको प्रयोग गरी बनाइएको उक्त मन्दिर आकर्षक, मनमोहक र पुरातात्विक रहेको स्रोतले बताएको छ ।

Leave A Reply

Your email address will not be published.