Explore news and happenings at Bhaktapur

लकडाउनलाई थप कडाइ गरिने

२०७७ बैशाख ३१ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार सम्पन्न भयो ।

बैठकमा प्रमुख प्रजापतिले भक्तपुर जिल्लाभित्र संक्रमणको जोखिम बढ्दै गएको हुँदा भक्तपुर जिल्लाको सीमा नाकाहरुमा प्रवेश निषेध गर्नुपर्ने र जिल्लामा उद्योगहरु सञ्चालन गर्दा उपत्यका बाहिरबाट भित्रिनेहरुको संख्या बढ्न सक्ने भएकोले उद्योग र कारखानाहरु बन्द गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विपद् व्यवस्थापन समितिको बैठकका मुख्य निर्णयहरु 
१. काठमाडौं उपत्यकाका सबै सीमा क्षेत्रमा अति आवश्यक बाहेक कुनै पनि व्यक्तिलाई प्रवेश निषेध गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।

२. हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि भारतबाट आउने फलफूल, माछामासु र तरकारी गाडीहरुलाई यस नगरपालिकामा प्रवेश निषेध गर्ने व्यवस्थाको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने ।

३. भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।

४. भक्तपुर नगरभित्र टेलिभिजन र मोबाइल पसल जस्ता विद्युतीय सामग्री पसल, चिया–खाजा पसल, सैलुन लगायत अन्य पसलहरु खुल्न थालिएको हुँदा ती पसलहरुलाई कडाइका साथ बन्द गर्न प्रहरी प्रशासनसँग समन्वय गरी अघि बढ्ने ।

५. भक्तपुर जिल्ला बाहिरबाट आएका डेरा गरी बस्ने मानिसहरुलाई स्वास्थ्य परिक्षण नगराई आप्mनो घरमा नराख्नको लागि भक्तपुर नगरपालिकाले घरधनीहरुलाई आग्रह गर्ने ।

६. भक्तपुर नगरबासी दाजुभाईमा आ–आफ्नो घरमा कोही व्यक्ति डेरामा बसेको छ भने घर धनीले सो को विवरण सम्बन्धित वडा कार्यालयमा बुझाउन अनुरोध गर्ने र सबै वडा कार्यालयले आफ्नो वडा भित्रको एकीकृत विवरण तयार गर्ने ।

बैठकले कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लागू गरेको देशव्यापी लकडाउन कार्यान्वयन गर्ने क्रममा भक्तपुर नगरपािलका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर उद्योग वाणिज्य संघ लगायतले गरेका गतिविधिहरुको बैठकमा समीक्षा गरिएको स्रोतले बताएको छ ।

यसअघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षता एवं भनपा प्रमुख सुनिल प्रजापतिज्यूको उपस्थितिमा  बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयहरु

१. भक्तपुर जिल्लामा कोभिड–१९ को संक्रमणको हालको अवस्थाको समीक्षा गरियो । हालसम्ममा बाहिरबाट आएका २ जना व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको हुँदा ती व्यक्तिहरुका यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने । निजहरुको वासस्थान सिल गर्ने, परिवारका सदस्यहरुको समेत तुरुन्त परीक्षण गर्ने र आवश्यकता अनुसार आइसोलेसन/क्वारेन्टिनमा राख्ने व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने ।

२. गृह मन्त्रालयको च.नं. ३७८४ मिति २०७७।१।३० को सवारी पास सम्बन्धमा प्राप्त भएको निर्देशन अनुसार यस जिल्लाबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएको सबै सवारी पास खारेज गरी सो को सुचना प्रकाशित गर्ने ।

३. भक्तपुर जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम र समुदायमा विस्तारको खतरा देखिएको हुँदा भक्तपुर जिल्लामा कोही पनि व्यक्ति घर बाहिर निस्कन नपाउने तथा अति आवश्यक बाहेक व्यापार, व्यवसाय र उद्योग संचालनमा रोक लगाउने ।

४. भक्तपुर जिल्ला प्रवेश गर्ने र वाहिर जाने अति आवश्यक वाहेक व्यक्ति तथा सवारी साधन निषेध गर्ने ।

५. भक्तपुर जिल्लास्थित नगरपालिकाहरुले क्वारेन्टिन स्थलहरु चुस्त दुरुस्त राख्ने, वडाहरु मार्पmत आप्mनो क्षेत्रमा बाहिरबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टिनमा पठाउने काममा समन्वय गर्ने ।

६. स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन तथा नियमनको काम गर्ने । विपन्न खाद्यान्न अभाव भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने ।

Leave A Reply

Your email address will not be published.