Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा आजदेखि कोरोना भाइरस परीक्षण सुरु

२०७७ बैशाख ८ गते सोमबार

0

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रद्वारा बैशाख ८ गतेदेखि कोरोना भाइरस रोगको परीक्षण RDT(Rapid Diagnostic Test) सुरु गरेको छ ।

संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको कोरोना भाइरस परीक्षण अभियानस्वरुप भक्तपुर नगरमा आजबाट आरटीडी टेस्ट सुरु गरेको हो ।

आज बिहान ११ बजे भक्तपुर नपा वडा नं. १० कमलविनायक सरस्वती विद्यागृहबाट सो परीक्षणको अभियान सुरु भएको र आज ९ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ (Negative) आएको छ ।

यसैगरी भोलि दिनको ११ बजेदेखि २ बजेसम्म भक्तपुर नपा वडा नं. ४ तालाक्व, वडा नं. ५ भगवतीस्थान र वडा नं. ८ इन्जिनियरिङ कलेज प्रा·ण चैत्र १ गतेपछि भक्तपुर आएका व्यक्तिहरुको RDT(Rapid Diagnostic Test) परीक्षण हुने जानकारी जनस्वास्थ्य केन्द्रले दिएको छ ।

गत चैत्र १ गतेदेखि विभिन्न देशबाट नेपाल फर्केका भक्तपुर नगरबासीहरुलाई RDT(Rapid Diagnostic Test) परीक्षण निम्ति सम्बन्धित वडा कार्यालयमा सम्पर्कको निम्ति भक्तपुर नपाले अनरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.