Explore news and happenings at Bhaktapur

भनपा प्रमुख सुनिल प्रजापतिद्वारा भनपा–७ स्थित छिपा ताँ (हनुमन्ते खोला) पुल ढलान निरीक्षण

२०७७ बैशाख ८ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं ७ स्थित हनुमानघाट (छिपा ताँ) पुल ढलानको निरीक्षण गर्नुभयो ।

स्थानीय उपभोक्ता समितिमार्फत उक्त पुलको निर्माण कार्य भएको हो । बन्दाबन्दी (लकडाउन) का कारण केही समय रोकिएको पुन:निर्माण कार्य पुन: शुरु भएको छ । बर्षात्को कारण बाढी आएमा पुल ढलानको लागि राखिएको फर्मा बगाउन सक्ने सम्भावनालाई ध्यानमा राखी उक्त कार्य शुरु गरिएको स्थानीय उपभोक्ता समितिले जनाएको छ ।

विश्‍वब्यापी महामारीको कारण देशभर सयौं योजनाहरु अलपत्र अवस्थामा छन् । देशको स्थितिलाई ध्यानमा राखी महत्त्वपूर्ण योजनाहरु सरकारले क्रमश: संचालन गर्ने तर्फ ध्यान दिन्पर्ने जनताकाे मत रहेकाे देखिन्छ ।

 

Leave A Reply

Your email address will not be published.