Explore news and happenings at Bhaktapur

भक्तपुुर नगरपालिकाद्वारा ५ हजार ९०९ जना कृषक परिवारलाई धानको बीऊ वितरण

भक्तपुर, २०७७ साल बैशाख १२ गते, शुक्रबार ।

0

भक्तपुर नगरपालिकाले नगरका ५ हजार ९ सय ९ जना कृषक परिवारलाई शुक्रबार खुमल–११ ताइचीन जातको धानको बीउ वितरण ग¥यो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राखी भक्तपुर नपाले आज नगरका सबै वडाहरुमार्फत विगतका बर्षहरुमा झैं प्रतिपरिवारलाई २ केजी ५०० ग्राम (१ पाथी) धान निःशुल्क वितरण गरेको हो ।

भक्तपुर नगरपालिकाले वडा नं. १ मा ४६६, वडा नं. २ मा ८००, वडा नं. ३ मा ५५०, वडा नं. ४ मा ७३०, वडा नं. ५ मा ४३९, वडा नं. ६ मा ५७८, वडा नं. ७ मा ७००, वडा नं. ८ मा ५३८, वडा नं. ९ मा ७१६ र वडा नं. १० मा ३९२ परिवार गरी जम्मा ५,९०९ परिवारलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको हो । भक्तपुर नगरपालिकाका विभिन्न वडाहरुले स्थानीय स्वयम्सेवक परिचालन गरी वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीऊ वितरण ग¥यो ।

धानको बीऊ वितरणका केही झलकहरू

 

 

 

Leave A Reply

Your email address will not be published.