Explore news and happenings at Bhaktapur

भक्तपुर जिल्ला विपद् व्यवस्थापन समितिबाट भएका निर्णयहरू

२०७६ साल वैशाख ३ गते, बुधबार ।

0

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बुधबार बस्यो ।

बैठकमा नेपाल सरकारले जारी गरेको लकडाउन व्यवस्थापन गर्न गृह मन्त्रालयबाट प्राप्त भएको निर्देशन एवम् परिपत्रहरुको बारेमा जानकारीका साथै छलफल भयो ।

बैठकले भक्तपुर जिल्लामा कोभिड १९ को प्रतिरोधका लागि हालसम्म भएको स्वास्थ्य तयारी सन्तोषजनक रहेको र स्वास्थ्य उपचारको लागि आवश्यक उपकरण एवम् औषधिको व्यवस्थापन एवम् तयारी स्थानीय तहहरुले अझ सशक्त रुपमा गर्ने निर्णय ग¥यो ।

बैठकले अति विपन्न नागरिकको लागि राहत वितरणको कार्य सम्बन्धित वडाहरुबाट एकद्धार प्रणालीबाट मात्र व्यवस्थापन गर्ने निर्णय ग¥यो । बिस्केट जात्राको बाँकी कार्यक्रमलाई भीडभाडरहित तरिकाले व्यवस्थापन गर्ने, जिल्लाको लागि आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन सुरक्षा निकायले गर्ने र सोको लागि आवश्यक स्रोतसाधन स्थानीले तहले समेत उपलब्ध गराउने र अनावश्यक रुपमा जम्मा भएको भीड नियन्त्रण र बजार व्यवस्थापन गर्ने सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी अझ कडाइ गर्दै लाने निर्णय बैठकले गरेको छ ।

बैठकले मध्यपुर थिमि नपाबाट सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा तयार गरिएको पीसीआर मेसिनबाट कोभिड १९ परीक्षण गर्ने स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनस्थलमा विभिन्न देशबाट नेपाल आएका १६ जनाको व्यवस्थापन र खानपानमा भएको एकमुष्ठ खर्चको बील भुक्तानीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय ग¥यो ।

बैठकमा जिल्लाका नगरपालिकाका प्रमुखहरुले बैठकमा हालसम्म गर्दै आएको कार्यकोबारे स्पष्ट पार्नुभयो भने सुरक्षा निकाय प्रमुखहरुले कोरोनासँग सम्बन्धित भएर गरेका कामहरुको बारे बैठकमा प्रस्ट पार्नुभयो । बैठकमा भक्तपुर नपाका चारवटै नगरपालिकाका नगर प्रमुखहरुलाई आमन्त्रण गरिएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.