Explore news and happenings at Bhaktapur

ख्वप अस्पताल भवन निर्माणसम्बन्धी प्राविधिक समितिको बैठक सम्पन्न

भक्तपुर । २०७६ चैत्र २ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा ख्वप अस्पताल भवन निर्माणको प्रगति, स्थिति र योजनाहरुका बारेमा सम्बन्धित प्राविधिक टोली, इन्जिनियरहरु र कन्सल्ट्यान्टको बैठक भनपा सभाकक्षमा आइतबार सम्पन्न भयो ।

बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले ख्वप अस्पताल भवन निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित प्राविधिक टोली, इन्जिनियर र कन्सल्ट्यान्टलाई निर्देशन दिनुहुँदै निर्माणलाई त्रुटीरहित बनाउन सबैले आ–आफ्नो तर्फबाट प्रयत्‍न गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले निर्माणाधीन ख्वप अस्पताल भवन संवेदनशील क्षेत्र भएकोले भविष्यमा हुनसक्ने प्राकृतिक तथा अन्य जोखिमलाई न्यूनीकरण गर्न सकिने हिसाबले पूर्व तयारीका साथ भवन डिजाइन सुधार गर्नुपर्ने र विज्ञहरुसँगको छलफलले सही मार्गदर्शन दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आर्किटेक्ट सुसन्ना श्रेष्ठले ख्वप अस्पतालबारे प्रस्तुतिकरण गर्नुभएको थियो भने ७ नं. का वडाध्यक्ष उकेश कवां, ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य सुनिल दुवाल, ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक, ख्वप अस्पताल निर्माणका आयोजना प्रमुख विजयराम कोजु, आर्किटेक्ट सरोज वैद्य, इलेक्ट्रिकल इन्जिनियर प्रतिक श्रेष्ठ लगायतले आ–आफ्नो राय सुझाव दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.