Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिद्वारा सैनिक आवासीय महाविद्यालयमा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षा निरीक्षण

भक्तपुर । २०७६ चैत्र २ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षा केन्द्रको स्थलगत निरीक्षण गर्ने क्रममा आइतबार भक्तपुर नपा वडा नं. स्थित सैनिक आवासीय महाविद्यालयको स्थलगत निरीक्षण भ्रमण गर्नुभयो ।


निरीक्षणको क्रममा नगर प्रमुख प्रजापतिले देशभरिका सैनिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूसँग भेलामा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाद्वारा नगरभित्रका सार्वजनिक तथा निजी विद्यालयहरुमा सञ्चालित शैक्षिक कार्यक्रम तथा योजनाहरुबारे प्रष्ट पार्नुभयो । उहाँले भक्तपुर नपाले कक्षा २ र ७, ६ र ७ को स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागु गरिसकेको र कक्षा ३ र ८ प्रकाशनको अन्तिम चरणमा पुगिसकेको अवगत गराउनुभयो ।

उहाँले स्थानीय पाठ्यक्रममार्फत नेपाल भाषा लिपी, सम्पदाको महत्व, स्थानीय खेल, खानाका परिकारलगायत विषयमा विद्यार्थीहरुलाई अध्यापन गर्दै आएको र युवा–विद्यार्थीहरुलाई विभिन्न भाषा सिकाउने उद्देश्यले जापानी र चिनियाँ भाषाको कक्षा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरको भेद हटाउन नगरपालिकाले ती विद्यालयहरुमा विभिन्न तालिम तथा योजनाहरु अगाडि सारिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सार्वजनिक जग्गाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा भक्तपुर नपाले आवश्यक पहलकदमी लिइरहेको र भक्तपुरको रानीपोखरीको पुनःनिर्माण कार्य द्रत गतिले अगाडि बढिरहेको छ भन्नुभयो ।

उक्त निरीक्षणमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नगर शिक्षा प्रमुख हरिप्रसाद निरौला, नगर शिक्षा शाखा भक्तपुरका कृष्णप्रसाद कर्माचार्यको सहभागिता थियो ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न हुने गरी भक्तपुरका सबै विद्यालयहरु शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.