Explore news and happenings at Bhaktapur

सेकरिड हार्ट एकेडेमीको अभिभावक दिवस सम्पन्न

भक्तपुर । २०७६ फागुन २२ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेकरिड हार्ट एकेडेमीको अभिभावक दिवस, पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले विद्यालयले आयोजना गरेको पुरस्कार वितरण र सम्मानले विद्यार्थी र शिक्षकमा उत्साह थपेको बताउनुभयो ।

सबै क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य हुनु सकारात्मक भएको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीहरु अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, खेलकुद र सांस्कृतिक क्रियाकलापमा सरिक हुनुपर्ने बताउनुभयो ।

भक्तपुरको मौलिक कला, संस्कृतिक र पहिचानबारे विद्यार्थीलाई सिकाउने काम विद्यालयले गर्नुपर्ने बताउनुहुँदै उहाँले देशको संस्कृति लोभ हुनु भनेको हाम्रो पहिचान गुम्नु हो र विदेशी संस्कृतिले प्रश्रय पाउनु हो भन्नुभयो । नयाँ पुस्ताका विद्यार्थीहरुलाई साम्राज्यवादको विरुद्ध संघर्ष गर्न सिकाउनुपर्छ भन्नुहुँदै प्रमुख प्रजापतिले असल र सभ्य नागरिक तयार गर्न आह्वान गर्नुभयो ।

भनपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले विद्यालय, अभिभावक र विद्यार्थीको त्रिपक्षीय भूमिकाले नगरको शैक्षिक स्तर विकासमा टेवा पुग्ने बताउनुहुँदै कोरोना भाइरसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्वालिटी इङ्गलिस स्कुलका प्रअ जीबी खड्काले विदेश जाने विद्यार्थी उत्पादन नहोऊन् भन्नेतिर विद्यालय सहज हुनुपर्ने र संस्कारजन्य शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पारागन एकेडेमीका प्रअ पुन्यराम कवां, कार्यक्रमका सभापति एवम् विद्यालयका प्रअ. श्रीराम सुवाल, पत्रकार बिकास देव योन्जनलगायतले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालयका शिक्षक–शिक्षिका र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.