Explore news and happenings at Bhaktapur

प्रधानसेनापति अन्तर विद्यालय टी २० रनि· क्रिकेटको उपाधि सैनिक आवासीय महाविद्यालयलाई

भक्तपुर । २०७६ फागुन २२ गते, बिहीबार

0

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तरविद्यालय टी २० रनि· क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ । नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार वितरण समारोह बिहीबार महाविद्यालय परिसरमा सम्पन्न भयो ।

प्रमुख अतिथि रथी तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी २० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई नगद रु. १,००,०००।–, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमका विशेष अतिथिहरू भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सानका वर्तमान अध्यक्ष तथा नेपाली सेनाका अवकाश प्राप्त मानार्थ उपरथी ताराबहादुर कार्की, कल्याणकारी योजनाका सागरबहादुर केसी, क्यानका भूतपूर्व अध्यक्ष विनयराज पाण्डे र महाविद्यालयका सम्पर्क अधिकृत तथा प्रमुख सेनानी अनुप शाहले प्रतियोगितामा द्वितीय, तृतीय स्थान हासिल गर्ने र सहभागी खेलाडीहरुलाई प्रमाणपत्र, मेडल, नगद पुरस्कार र ट्रफी वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रमका केही झलकहरू

 

 

Leave A Reply

Your email address will not be published.