Explore news and happenings at Bhaktapur

ख्वप कलेजलाई बिई अध्यापनको स्वीकृति, ४८ जना पढाउन पाउने

काठमाडौं १५ फागुन ।

0

 भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप कलेज अफ इञ्जिनियरिङलाई थप विषय अध्यापनको स्वीकृति दिएको छ ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भक्तपुरको लिवालीमा अवस्थित सो कलेजलाई बिई अध्यापनको स्वीकृति दिइएको जनाएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता युवराज खतिवडाले गत फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका २२ निर्णय सार्वजनिक गर्दै सो निर्णय पनि सार्वजनिक गरे ।

सरकारले २०७६ साल फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ख्वप कलेज अफ इन्जिनियरिङ, लिवाली, भक्तपुरलाई बिई कम्प्युटर ४८ जनासहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.