Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापति र नेपाली सेनाका मेजर जनरल निरञ्जनकुमार श्रेष्ठबीच भेट

भक्तपुर । २०७६ फागुन १६ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाली सेनाका मेजर जनरल निरञ्जनकुमार श्रेष्ठले शुक्रबार भेट गर्नुभयो । प्रमुख प्रजापतिले उहाँलाई भादगाउँले कालो टोपी लगाइ दिनुभएर स्वागत गर्नुभयो ।

मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतका सेनाका प्रमुख कार्लेटन स्मिथ सम्मिलित टोलीको फागुन २३ गते भक्तपुरमा हुने भ्रमणमा ‘ब्यान्ड डिस्प्ले सञ्चालन’ सञ्चालनको लागि तयारी छलफलको लागि मेजर जनरल श्रेष्ठ भक्तपुर नगरपालिका आउनुभएको हो ।

भेटपश्चात उहाँले भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक र पुरातात्विक सम्पदाहरुकोे स्थलगत अवलोकन गर्नुभयो । प्रमुख प्रजापतिले मेजर जनरल निरन्जनकुमार श्रेष्ठलाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.