Explore news and happenings at Bhaktapur

अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको सोमबारको नतिजा

२०७६ फागुन १२ गते सोमबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विहान अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पुरुषतर्फको ४२.१९५ कि.मी. म्याराथुन र महिलातर्फको २१.९७ कि.मी. हाफ म्याराथुन दौडको सोमबार सिटी बजाएर उद्घाटन गर्नुभयो ।

पुरुषतर्फको म्याराथुन दौडमा भक्तपुर नगरपालिकाका कृष्णसुन्दर तुईतुईले २ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दुरी पूरा गरी प्रथम स्थान हासिल गर्न सफल भए भने किर्तिपुर नगरपालिकाका धर्म महर्जनले ३ घण्टा ५ मिनेट ५१ सेकेण्डमा दुरी पूरा गरी द्वितीय र भक्तपुर नगरपालिकाका सुरेन्द्र ग्वाछाले ३ घण्टा १० मिनेट १ सेकण्डमा सो दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भए ।

त्यसैगरी महिला तर्फको हाफ म्याराथुन दाैडमा भक्तपुर नगरपालिकाका कान्छिमाया कोजुले १ घण्टा २५ मिनेट २१ सेकेण्ड, किर्तिपुर नगरपालिकाका सकुन्तला ठगुन्नाले १ घण्टा ४० मिनेट ५२ सेकेण्ड र भक्तपुर नगरपालिकाका रेष्टिना सितिखुले १ घण्टा ५० मिनेट ४६ सकेण्डमा दुरी पूरा गरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।

४ x ४०० मिटर पुरुषतर्फको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर नगरपालिकाका रोहन सुवाल, रोसन पहरी, विशला बँजु र सुरेन्द्र परियारको टिमले ३ः५५ः२५ मिनेटमा दौड पुरा गरी प्रथम, मन्थली नगरपालिकाका मनोज श्रेष्ठ, सूर्य माझी, दिलिप ठाकुर र अशोक माझीको टिमले ३ः५९ः५६ मिनेटमा दुरी पुरा गरी द्वितीय, चौतारा–सा‌ँगाचोक गढी नगरपालिकाका स्वर्णिम श्रेष्ठ, दर्पण श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र प्रकाश खत्रीको टिमले ४ः०१ः८० मिनेटमा दौड पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएको थियो ।

त्यसैगरी ४ x ४०० मिटर महिलातर्फको रिले दौड अन्तर्गत भएको प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रकृति सुवाल, स्वगता खाइजु, श्रयस्का शिल्पकार र उर्जा मधिकर्मीको टिम४ः३५ः८ मिेनेटमा दौड पूरा गरी प्रथम, ललितपुर महानगरपालिकाका रजिना दुलाल, काजल विष्ट, जमुना महर्जन र जुनेली सुनारको टिमले ४ः४६ः१ मिनेटमा दौड पुरा गरी द्वितीय र चौदण्डी गढी नगरपालिकाका इशा राई, सन्दिया भण्डारी, सुमिना दाहाल र क्रान्ति राईको टिमले ५ः३१ः९ मिनेटमा दौड पूरा गरी तृतीय हुन सफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.