Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता हुनेबारे प्रेस विज्ञप्ति

मिति ः २०७६ फागुन ६ गते, मंगलबार

0

पत्रकार साथीहरू,

साँस्कृतिक नगरको पहिचान बोकेको भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आएको छ । खेललाई नागरिक जीवनको एक अभिन्न अंगको रुपमा विकास गर्ने नगरपालिकाको उद्देश्य हो । यही उद्देश्य प्राप्तिका लागि नगरपालिकाले समय–समयमा विभिन्न खेलकुद गतिविधिहरू गर्दै आएको छ । फुटबल, भलिबल, बक्सिङ, कराते, टेबलटेनिस, जिम्नाष्टिकलगायतका खेलहरूको नियमित प्रशिक्षणको व्यवस्था गर्दै नगरपालिकाभित्रका विद्यालयहरुमा नगरपालिकाबाटै नियुक्त प्रशिक्षकहरुमार्फत खेलकुद प्रशिक्षणहरु गराउँदै आइरहेका छौं । नगरपालिकाको प्रशिक्षणबाट उत्पादित कति खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका भइसकेका छन् । यो हाम्रो लागि खुशीको कुरा हो । हामी अनुशासित र स्तरीय खेलाडी उत्पादनमा निरन्तर जोड दिंदैछौं ।

हामी निर्वाचित भएको अढाइ बर्ष बित्यो । हामीले जनताबीच निर्वाचनको बेला गरेको प्रतिबद्धता बिर्सेका छैनौं । हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्ने हाम्रो प्रतिबद्धता होे । यही अनुसार पहिलो वर्ष अन्तरनगर भलिबल प्रतियोगिता, दोस्रो वर्ष अन्तरनगर सितेरियो कराते प्रतियोगिता र यो तेस्रो वर्ष अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको आयोजना गर्दैछौं ।

विगतमा झैं यो वर्ष पनि खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने आशा गर्दर्छौं । प्रतियोगिताका लागि गर्नुपर्ने अन्तिम तयारी पूरा भएको छ । नगर प्रमुखको संयोजकत्वमा प्रतियोगिता मूल समिति र अन्य १२ वटा उपसमिति गठन गरी काम गरिरहेको जानकारी गराउ“दछौंं । प्रतियोगितामा फिल्ड इभेन्ट्स अन्तर्गत सटपुट, लङ जम्प, ज्याभलिन थ्रो, डिसक्रस थ्रो, हाइ जम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्ट्सअन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ कि.मी (म्याराथुन), २१.०९ कि.मी (हाफ म्याराथुन), ४ह१०० मि. रिले, ४ह२०० मि. सहितका खेलहरू समावेश छन् ।
फिल्ड इभेन्ट्समा प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,००० र तृतीयलाई २,०००, ट्रयाकतर्फ प्रथम हुनेलाई ५,०००, द्वितीयलाई ३,०००।– र तृतीयलाई २,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

म्याराथुनमा प्रथम हुनेलाई ३०,०००।–, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
हाफ म्याराथुनमा प्रथम हुनेलाई ३०,०००।–, द्वितीयलाई २०,०००, तृतीयलाई १०,००० नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको अनुमानित लागत ३० लाख रहेको जानकारी गराउन चाहन्छौं ।
फागुन १ गतेसम्म प्रतियोगितामा भाग लिने खेलाडीहरूको नाम दर्ता गराउन समय दिइएकोमा जम्मा १६ वटा नगरपालिकाहरूले आफ्ना खेलाडीहरू पठाउन नाम दर्ता गराएका छन् ।

अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका– दाङ, ललितपुर महानगरपालिका– ललितपुर, चाँगुनारायण नगरपालिका– भक्तपुर, रामेछाप नगरपालिका– रामेछाप, किर्तिपुर नगरपालिका–किर्तिपुर, शंखरापुर नगरपालिका– काठमाडौं, मनोहरा कागेश्वरी नगरपालिका–काठमाडौं, मध्यपुर थिमी नगरपालिका– भक्तपुर, चौडण्डीगढी नगरपालिका–उदयपुर, टोखा नगरपालिका–काठमाडौं, भक्तपुर नगरपालिका, साँगाचोक चौतारा गढी नगरपालिका– सिन्धुपाल्चोक, मन्थली नगरपालिका– रामेछाप, भरतपुर महानगरपालिका–चितवन, रत्ननगर नगरपालिका– चितवन, विदुर नगरपालिका–नुवाकोट गरी १६ वटा नगरपालिकाको सहभागिता रहनेछ ।

भक्तपुर नगरपालिका विद्यालयदेखि नै खेलकुद प्रतियोगितामा जोड दिैदैछ । हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिताको आयोजना गरी विद्यार्थीहरुमा भएको खेलको प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्दै आएको छ । खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता बढ्दै जानु खेलप्रतिको आकर्षण बढ्दै जानुको प्रमाण हो । २०७६ कार्तिक १७ गतेदेखि २३ गतेसम्म सञ्चालित अन्तरविद्यालय खेलकुद प्रतियोगितामा ७२ विद्यालयका २१०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । अझ त्यसलाई वृद्धि गर्दै नगरभित्र सञ्चालित सबै विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराउने सोचका साथ तयारी अगाडि बढाउँदैछौं ।

खेलकुदको माध्यमबाट अनुशासित नागरिक तयार गर्दै देशको सार्वभौमिकता रक्षाको लागि लड्दै देशभक्त नागरिक तयार गर्न र युवाहरूलाई धुम्रपान, मद्यपान र लागुपदार्थको दुव्र्यसनीबाट जोगाउँदै स्वस्थ र सुसंस्कृत समाज बनाउने हाम्रो लक्ष्य हो ।

पत्रकार मित्रहरू,
हामीसँग खेलकुद विकासको लागि आवश्यक पूर्वाधारहरूको कमी छ । सहिद स्मृति खेलमैदान र महेश्वरी खेलमैदानको स्तरवृद्धिको तयारी गर्दैछौं । केही प्राविधिक कारणले त्यो सोचेअनुरुप अगाडि बढ्न सकेको छैन । हामी सक्दो छिटो विकास गर्ने तयारीमा छौं । यो वर्षको खेलकुद प्रतियोगिता सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान र पश्चिमतर्फको खेलमैदानमा हुनेछ । नेपाली सेनास“ग हामीले सहमति गरिसकेका छौं ।
खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली यही २०७६ फागुन ८ गते बिहान ८ बजे भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरु भई नगर परिक्रमा गरेर भनपा २ सहिद स्मृति खेल मैदानमा नेपाल मजदुर किसान पार्टीका श्रद्धय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुहुने अवगत गराउँदछौं ।
अन्तमा, भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर खेलकुद प्रतियोगिताबारे आ–आफ्नो सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गरी सहयोग गरिदिन सम्पूर्ण पत्रकार मित्रहरुमा हार्दिक अपिल गर्दछौं ।

भक्तपुर नगरपालिका

Leave A Reply

Your email address will not be published.