Explore news and happenings at Bhaktapur

डीप बोरिङको पानी परीक्षण वितरण सुरु

भक्तपुर । २०७६ फागुन ५ गते, सोमबार

0

भक्तपुर नगरको खानेपानी समाधानका लागि भक्तपुर नगरपालिकाले नगरको विभिन्न ठाउँमा डीप बोरिङ गरी ती ठाउँहरुमा पानी ट्यांकी निर्माणको कार्य गरिरहेको छ । भक्तपुर नगरपालिकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सहकार्य गरी भनपा वडा नं. १ च्वङा गणेश मन्दिरको उत्तरतर्फ डीप बोरिङ गरी पानी वितरणको लागि ट्यांकी निर्माण गरी पानी वितरण तयारीमा जुटिरहेको छ । डीप बोरिङको पानी भनपा वडा नं. १ को विभिन्न ठाउँमा वितरण गर्न परीक्षण भएको छ । सोही सिलसिलामा भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले डीप बोरिङको पानी ट्यांकी निरीक्षण गर्नुभयो । उक्त बोरिङबाट दैनिक ३ लाख लिटर पानी उपलब्ध हुने के.यु.के.एल. ले बताएको छ ।

 

Leave A Reply

Your email address will not be published.