Explore news and happenings at Bhaktapur

असल गुरु बन्ने हो भने असल शिष्य बन्नु आवश्यक

0

ख्वप कलेजमा अध्ययनरत बी.ए. (२०७२ साल भर्ना समूह) र बीएस्सी (२०७१ साल भर्ना समूह) का विद्यार्थीहरूको बिदाइ कार्यक्रम तथा ‘उच्च शिक्षामा पहुँच र दृष्टिकोण’ विषयमा छलफल कार्यक्रम भदौ ६ गते ख्वप कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाद्वारा सञ्चालित कलेजहरू नाफामुखी नभई सेवामुखी भएको चर्चा गर्दै सर्वसाधारण जनतालाई शिक्षा र स्वास्थ्यको सुविधा दिलाउन नपाले शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको बताउनुभयो ।
असल गुरु बन्ने हो भने असल शिष्य बन्नु आवश्यक रहेको चर्चा गर्दै उहाँले आजको लापरबाहीले भविष्यमा खराब परिणाम भोग्नुपर्ने हु“दा विद्यार्थीहरूले अनुशासित भइ अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य रूपक जोशी, बी.ए. तथा एम.ए. अंग्रेजीका इञ्चार्ज कमिनिका न्याइच्याई, विज्ञान इञ्चार्ज मीरा प्रजापति, शिक्षक सुन्दर श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.