Explore news and happenings at Bhaktapur

मुकुण्डो निर्माणको लागी अक्षकोष स्थापना , भक्तपुर नगरपालिकाको तर्फबाट १० लाख अनुदान दिने

0

 भक्तपुर नगरपालिकाले प्रसिद्ध नवदुर्गा नाच प्रदर्शनीका लागि आवश्यक ख्वोपा (मुकुण्डो) निर्माण अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । असोज १६ गते बसेको नगरपालिका बोर्ड बैठकले मुकुण्डो निर्माण अक्षय कोष स्थापनाको लागि नगरपालिकाको तर्फबाट नगद रु १० लाख अनुदान दिने निर्णय गरेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनु भयो ।

नगरपालिकाले स्थापना गर्ने कोषमा यस अघि विभिन्न स्रोतबाट जम्मा भएका सहयोग रकमलाई पनि एकै ठाउँमा क्रमशः जम्मा गर्ने र कोष संचालनका लागि कार्यविधि तयार गर्ने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

नवदुर्गाको मुकुण्डो निर्माणमा सहयोग गर्ने उद्देश्यले यसअघि स्थानीय समाजसेवीहरुले अलग्ग समिति गठन गरेर २०५५ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता गरिएको समितिका सदस्य सीताराम कुम्पाखले बताउनु भयो । उक्त समिति २०५९ सालदेखि जिप्रकामा नवीकरण नभएपछि अहिले कानुनी मान्यता समाप्त भएको तथापि व्यवहारिक रुपमा मुकुण्डो निर्माणमा सोही समितिले सहयोग गर्दै आएको समितिका अध्यक्ष देवी प्रसाद जोशीले बताउनु भयो । 

परम्परादेखि हेरक वर्ष नवदुर्गा नाचका लागि नयाँ मुकुण्डो निर्माण गर्ने र त्यसका लागि ३ लाख रुपैंया भन्दा बढी खर्च हुने उल्लेख गर्दै खर्च व्यवस्थाका लागि दीर्घकालीन योजना बनाउने तयारी भइरहेको प्रमुख प्रजापतिको भनाई थियो । नगरपालिकाका जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सरोकारवालाहरु समेत समावेश गरी अक्षय कोष संचालन गर्न समिति गठन गर्ने र कार्यविधि बनाई कोष संचालन गर्ने प्रमुख प्रजापतिले जानकारी गराउनु भयो । 

Leave A Reply

Your email address will not be published.