Explore news and happenings at Bhaktapur

चौतारा साँगाचोकगढी नगरपालिकाका वडाध्यक्ष सहितको टोली भक्तपुर नपामा

२०७६ माघ १३ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चौतारा साँगाचोकगढी नगरपालिका–५ नं वडाका वडाध्यक्ष नरमान श्रेष्ठ (पालिखे) सहितको टोलीसँग भेट गर्‍यो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षण, विभिन्न कलेजहरु संचालन, ब्यायम स्थल व्यवस्थापन, सीपमूलक तालिमहरु संचालन सम्बन्धी जानकारी गराउनुभयो ।
उपभोक्ता समिति मार्फत स्थानीय भौतिक र आर्थिक सहयोग जुटाई संरक्षण कार्य गर्दा कम लागतमा बलियो र मौलिकता संरक्षण हुने बताउनुहुँदै भनपाले घरघरमा नर्सिङ सेवा प्रदान गरिरहेको र ख्वप अस्पताल निर्माण भइरहेको उहाँले जानकारी गराउनुभयो ।
वडाध्यक्ष श्रेष्ठ सहितको टोलीले भक्तपुर नगरपालिकाले गरिरहेको विभिन्न खेलकुद गतिविधि, तालिम र प्रतियोगितासम्बन्धी जानकारी लिनुभयो ।
टोलीले सोमबार भक्तपुर दरबार क्षेत्र र टौमढी क्षेत्रमा अवस्थित सम्पदाहरुको अवलोकन गर्नुहुँदै २०७२ सालको भूकम्पपश्चात भइसकेको तथा भइरहेको सम्पदा पुनःनिर्माणको स्थलगत अवलोकन पनि गरेको थियो ।

 

Leave A Reply

Your email address will not be published.