Explore news and happenings at Bhaktapur

सरकारी आश्वासन अध्ययन उपसमितिको टोलीद्वारा भक्तपुरका सम्पदाहरु स्थलगत अवलोकन

२०७६ माघ ९ गते, बिहीबार

0

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिअन्तर्गत गठित सरकारी आश्वासन अध्ययन उपसमितिको टोलीले बिहीबार भक्तपुर दरबार क्षेत्रमा अवस्थित २०७२ सालको भूकम्पपश्चातको पुनःनिर्माणको प्रगतिको स्थलगत अध्ययन भ्रमण ग¥यो ।

राष्ट्रिय सभा सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी नेतृत्वको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।

प्रतिनिधिमण्डल टोलीको स्वागतार्थ बैठकका क्रममा नगर प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त भैरवनाथको मन्दिर हालै जीर्णोद्धार सम्पन्न गरिसकेको र पा“चतले मन्दिर जीर्णोद्धारको क्रममा रहेको अवगत गराउनुहु“दै भूकम्पबाट बिग्रे–भत्केका सम्पदाहरूको संरक्षण र सम्बद्र्धन गर्दै भक्तपुर नगरपालिका ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउन क्रियाशील रहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, सरसफाइ र खेलकुद क्षेत्रमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरुमा विस्तृतमा जानकार गराउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरभित्र रहेका ११५ भन्दा बढी सम्पदाहरुमा क्षति भएकोमा नगरपालिकाले आफ्नो स्रोत–साधनको अधिकत्तम परिचालन गरी हालसम्म ९१ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको र डेढ दर्जन सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले विकेन्द्रीकरण र स्वायत्तताको पूर्ण अभ्यास गरिरहेको छ भन्नुहुँदै प्रमुख प्रजापतिले स्थानीय तह अधिकार सम्पन्न र बलियो भए जनता पनि बलियो हुने बताउनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका निर्माणाधीन सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार कार्यको लागि आवश्यक सहयोगको आह्वान गर्नुहुँदै सांसद बिडारीलाई नगरपालिकाको तर्फबाट निर्देशन पत्र हस्तान्तरण गर्नुभयो ।

सांसद बिडारीले सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले उल्लेख्य प्रगति भइरहेकोमा खुशी प्रकट गर्नुहुँदै २०७२ सालमा गएको भूकम्पले पुरातात्विक सम्पदामा पु¥याएको पुरातात्विक सम्पदा संरक्षणमा सरकारको भूमिका अनुगमन गर्न भक्तपुरको अवलोकन भ्रमणमा आएको बताउनुभयो ।

भक्तपुरमा अवस्थित राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेजहरुको अवस्था अध्ययन गरी नेपाल सरकारलाई जानकारी गराउनु समितिको मुख्य उद्देश्य भएको बताउनुहुँदै उहाँले देशैभरिका सार्वजनिक सम्पत्तिको अध्ययन गर्न टोली क्रियाशील रहेको बताउनुभयो ।

उक्त प्रतिनिधिमण्डल टोलीले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गर्नुका साथै प्रत्येक सम्पदाहरुको महत्वबारे विशेष चासोपूर्वक अवलोकन गर्नुभयो । टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजको पनि अवलोकन गर्नुभयो ।

भ्रमणको सिलसिलामा उक्त प्रतिनिधिमण्डल टोलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र सचिव तथा संघीय सांसद प्रेम सुवालसँग पनि भेट वार्ता गर्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिले सांसद बिडारीलाई भक्तपुरको प्रसिद्ध ‘मयुरको झ्याल’ मायाको चिनोको रुपमा र प्रतिनिधिमण्डल टोलीलाई नगरपालिकाका प्रकाशनहरु प्रदान गर्नुभएको थियो ।

 

भ्रमणको सिलसिलामा उक्त प्रतिनिधिमण्डल टोलीले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र सचिव तथा संघीय सांसद प्रेम सुवालसँग पनि भेट वार्ता गर्नुभएको थियो ।

नगर प्रमुख प्रजापतिद्वारा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीलाई हस्तान्तरण गर्नुभएको निर्देशन पत्रको पूर्ण पाठ ः

 

Leave A Reply

Your email address will not be published.