Explore news and happenings at Bhaktapur

बेल्जियमका राजकुमारी एस्ट्रिड (HRH Princess Astrid)द्वारा भक्तपुरका सम्पदाहरु अवलोकन

२०७६ माघ ८ गते, मंगलबार

0

सातदिने नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी एस्ट्रिड (HRH Princess Astrid) द्वारा मंगलबार भक्तपुर दरबार र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा पुष्पगुच्छा, नेपाली थैली र ढाकाको शल लगाइ दिनु भएर स्वागत गर्नुभयो ।


भ्रमणका क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुर नगरपालिकाले गरेको स्वागतप्रति आफूहरु प्रभावित भएको बताउनुहुँदै भविष्यमा पनि नेपाल भ्रमण गर्ने इच्छा प्रकट गर्नुभयो ।
राजकुमारीका साथ आएको टोलिलाई साँस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको कला सँस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार भक्तपुर नगरपालिकाले गरिरहेको बताउनुभयो ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, पचपन्न भ्mयाले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरबनाथ मन्दिर लगायतका पुरातात्विक तथा ऐतिहासिक स्थानहरुको अवलोकन गरेको थियो । भ्रमणको क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच अवलोकन गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा बेल्जियमका राजकुमार लोरेन्ज (HRH Prince Lorenz), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि बेल्जियमका राजदूत एवम् सल्लाहकार जान माथिसेन (Jan Matthysen), सञ्चार तथा कोष वृद्धि प्रमुख इल्से इरिगर्स (Ilse Errygers), निजी सचिव जीन यिभ्स बर्लिमोन्ट(Jean -Yves Berlemont), डेमियन फाउन्डेसनका डा. जीन पिरेरे बारोन स्किनकेलर्स(Dr. Jean-Pierre Baron Schenkelaars), राजदूत फ्रान्कोइस डेल्हाय(Francois Delhaye), बेल्जियमका लागि नेपाली राजदूत आ· छेरिङ शेर्पा, डा. सुशिल कोइराला, मेडिकल अधिकृत डा. प्रमोदराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
उक्त टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले साँस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुबारे संक्षेपमा जानकारी दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.