Explore news and happenings at Bhaktapur

आधारभूत स्काउट माष्टर तालिम सम्पन्न

२०७६ पौष २९ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाको आयोजना र जिल्ला स्काउट कार्यालय, भक्तपुरको प्राविधिक सहयोगमा भइरहेको पाँच रात छ दिनको स्काउट माष्टर तालिम मंगलबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर ननगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्काउट माष्टर तालिम प्राप्त गर्नुभएका प्रशिक्षार्थीहरुले मन, बचन, कर्मले प्राप्त तालिमलाई व्यवहारमा ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिकाको उद्देश्य सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने रहेकोले भक्तपुर नगरपालिकाले हरेक काम आत्मनिर्भर भएर गरिरहेको प्रष्ट पार्नुभयो ।
स्काउटमै काम गर्ने कति व्यक्तिहरु स्काउटको भावनाभन्दा बाहिर गएर काम गरिरहेकोले त्यसतर्पm जान नहुनेप्रति सचेत पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिक्षकले विद्यार्थीलाई सही र गलत छुट्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुहुँदै स्काउट माष्टर तालिम प्राप्त गरिसकेपछि उक्त जिम्मेवारी अझ बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले तालिममा सहभागी विभिन्न विद्यायका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी हुने शिक्षा दिनुपर्ने बताउनुभयो ।
उहाँले संसारमा पूँजीवादको लहरले मानिस स्वार्थी भइरहेको र मानवताभन्दा पनि आर्थिक पक्षलाई जोड दिइराखेको प्रष्ट पार्नुभयो ।
जिल्ला स्काउट कार्यालय, भक्तपुरका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले बोलेको कुरालाई व्यवहारमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, शिक्षा शाखा भक्तपुर नगरपालिकाका उपसचिव हरिप्रसाद निरौला, पूर्व जिल्ला आयुक्त भक्त राजभण्डारी, , स्थानीय तदर्थ समिति, भक्तपुर नगरपालिकाका कृष्णसुन्दर प्रजापति, तालिम संयोजकहरु रत्ना चवाल र रमेश सितिखु तथा प्रशिक्षार्थीहरु न्हुज किजू र मनिषा थापाले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.