Explore news and happenings at Bhaktapur

नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम

२०७६ पौष १७ गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नेपाली सेनासँग सहकार्य गरी नगरबासी युवाहरुलाई तीन चरणमा १२२ जनालाई विपद् व्यवस्थापन न्युनीकरणसम्बन्धी तालिम प्रदान गरिसकेको बताउनुभयो । विद्यार्थी, युवाहरु बढी भएको ठाउँमा सचेतना कार्यक्रम आवश्यक भएको बताउनुहुँदै उहाँले सञ्चारमाध्यममार्फत विपद् न्युनीकरणबारे व्यापक प्रचार–प्रसार गर्नु आवश्यकता रहेको औल्याउनुभयो ।
प्रमुख प्रजापतिले व्यक्तिगत फाइदा भन्दा संस्थागत फाइदा पुग्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुँदै नपालाई कार्यक्षेत्र बनाएका संघ–संस्थाहरुले पारदर्शितामा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले विपद् जुनसुकै ठाउँ र समयमा आउन सक्ने भएकोले समुदायका व्यक्तिहरुलाई सचेत गर्दै विपद् व्यवस्थापनमा सहजिकरण गर्न उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, रेडक्रस सोसाइटी प्रदेश नं. ३ का उपाध्यक्ष कृष्णेश्वरी हाडाले पनि बोल्नुभएको थियो भने उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमका संयोजक निलम ढुंगानाले उत्थानशील नगर प्रबर्द्धन सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.