Explore news and happenings at Bhaktapur

सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न

२०७६ पुस १४ गते, सोमबार

0

नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको भक्तपुर नपा वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सोमबार कलेज प्रा·णमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि महारथी थापाले विद्यालयद्वारा प्रकाशित ‘सल्लाघारी २०७६’ स्मारिका लोकार्पण गर्नुका साथै एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई गोल्ड मेडल र प्रमाणपत्र, विभिन्न संकायका उत्कृष्ट विद्यार्थी र २५ वर्ष अनवरत विद्यालयमा सेवारत शिक्षक–कर्मचारीलाई ताम्रपत्र र ओसल्ला ओढाई सम्मान गर्नुभयो ।

कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सैनिक आवासीय महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजयीहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुद्वारा सांस्कृतिक नाच, जिम्नास्टिक, टेक्वान्डोरु मार्चपासलगायतका प्रस्तुतीहरु देखाएका थिए ।

 

Leave A Reply

Your email address will not be published.