Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको ७० औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सुरू

२०७६ पुस १ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाको ७० औं स्थापना दिवसको असवरमा जनप्रतिनिधि र कर्मचारीबीच आयोजित विभिन्न (कसिमला पाँय, टेबलटेनिस, टग अफ वार, एथ्लेटिक्स) खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलकुदलाई हारजित भन्दा पनि मित्रता र अनुशासनको आधारमा खेलिनु उपयुक्त हुने बताउनुभयो ।

प्रत्येक वर्ष नगरपालिका स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच बेग्लाबेग्लै खेल प्रतियोगिता आयोजना हुँदै छ भन्दै प्रमुख प्रजापतिले नगरबासी नयाँ पुस्तालाई विभिन्न खेलको नियमित प्रशिक्षण दिंदै आएको र वडा–वडामा व्यवस्थित व्यायामस्थल स्थापना गरी सबै उमेर समूहका जनतालाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने प्रयासहरु भइरहेको छ भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेल जीवनको अभिन्न अंग भएको र खेलले मावन जीवनलाई फूर्तिलो बनाइराख्न मद्दत पु¥याउने हुँदा खेलकुदमा सक्रियता आवश्यक भएको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरु शारीरिक रुपमा पनि स्वस्थ र तन्दुरुस्त हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.