Explore news and happenings at Bhaktapur

माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम

२०७६ पुस १ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. ९ ८ माहेश्वरी पीठ परिसर सरसफाइ कार्यक्रम मंगलबार सम्पन् भयो ।

कार्यक्रममा वातावरण समितिका संयोजक तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सरसफाइलाई नगरपालिकाले दायित्वको रुपमा लिंदै नियमित रुपमा सरसफाइ कार्यक्रम गर्दै आएको बताउनुभयो ।

‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्ने मूल उद्देश्यका साथ यस कार्यक्रममार्फत जनमानसमा पुगेको चर्चा गर्नुहुँदै वडाध्यक्ष ज्याख्वले नेपालमै पहिलो छाती रोग पुनःस्थापना केन्द्र भक्तपुरमा निर्माण भइरहेको जानकारी गराउनुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नेमकिपाको घोषणापत्रअनुसार सरसफाई कार्य अगाडि बढिरहेको बताउनुहुँदै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली र वडा सचिव राजेश दिस्तीले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.