Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेला

२०७६ मंसिर २९ गते, आइतबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नगरपालिकाभित्रका संस्थागत विद्यालयतर्फका प्रधानाध्यापकहरुको भेला कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको गुणस्तरले देशको विकास पनि तीव्रगतिमा अगाडि बढ्ने बताउनुहुँदै कुनै पनि ऐन–नियमहरु समाजकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट अपुग भएको बताउनुहुँदै प्रमुख प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिब जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको छ भन्नुभयो ।

सामुदायिक विद्यालयको स्तर राम्रो भए निजी विद्यालयमा स्वतः विद्यार्थीको चाप कम हुँदै जाने बताउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो – ‘विद्यार्थीहरुलाई देशभक्त बनाउन सके विद्यालय सफल रहेको ठहर्छ ।’

वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले माध्यमिक विद्यालय तहका विद्यार्थीहरुमा नैतिक शिक्षाको खाँचो आंैल्याउनुहुँदै विद्यालयहरुले सामाजिक दायित्व बहन गरी सो वरपर सामाजिक सूचनाहरु टाँस गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखाका उपसचिव हरिप्रसाद निरौलाले नगरपालिकाको शिक्षा भनेको सामुदायिक र संस्थागत विद्यालयहरुको प्रतिबिम्ब भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाको शिक्षाबारे राष्ट्रियस्तरबाटै चर्चा हुन थाल्नु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका तर्फबाट रमेशचन्द्र श्रेष्ठ, एनप्याब्सनका तर्फबाट पुण्यराम कवां, इसानका तर्फबाट पुरुषोत्तम ग्वाछाले पनि आ–आफ्नो विचार प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले शैक्षिक वर्ष २०७६ मा नगर शिक्षा शाखाबाट सम्पन्न कार्य विवरण, भावी योजना, सूचनाहरु र विद्यालयले बुझाउनुपर्ने प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा नवआगन्तुक उपसचिव हरिप्रसाद निरौलालाई संस्थागत विद्यालयहरुको तर्फबाट स्वागत गरियो ।

 

Leave A Reply

Your email address will not be published.