Explore news and happenings at Bhaktapur

लैङ्गिक हिंसा विरुद्धको कानुनी साक्षरता कार्यक्रम सम्पन्न

भक्तपुर, मंसिर १६ ।

0

भक्तपुर नगरपालिका वडा नं ६ को आयोजनामा सोमबार लैङ्गिक हिंसा विरुद्धको कानुनी साक्षरता कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजमा महिलाले महिलामाथि नै हिंसा गरेका घटनाहरु बढी हुने गरेको बताउनुभयो । उहाँले अझै पनि कतिपय महिलाहरु हिंसामा परे पनि पीडितहरुले लुकाउने गरेको पनि बताउनुभयो ।

समाजमा महिला र पुरुषबीच भेदभाव कायम रहेका कारण २१ औं शताब्दीमा प्रविधिको विकासले गर्भपतनको समस्या विकृतिको रुपमा देखापरेकाले यसलाई नियन्त्रण गर्न समाज अगाडी बढ्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुदैं भक्तपुर नगरपालिका वडा नं ६ वडा अध्यक्ष हरिराम सुवालले महिला हिंसाका घटना न्युनिकरण गर्न महिलारु शिक्षित हुनुपर्ने र यसमा सम्पूर्ण महिला दिदीबहिनीहरु लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै वडा सदस्य गोविन्द दुवालले मूलतः महिला र पुरुषविच समानताको अधिकार हुनुपर्ने तर त्यसो हुन नसकेको बताउनुभयो । उहाँले समाजमा महिलाहरुविचमा पनि धनी र गरिबको असमानता रहेका कारण धनी वर्गका महिलाहरु मात्र उच्च तहसम्म पुगेको भन्नुभयो ।

उक्त कार्यक्रममा कानुन अध्ययन समाजका सदस्य तथा अधिवक्ता अनिता जधारीले लैङ्गिक समानता कायम गर्न र घरेलु हिंसा विरुद्ध एक दिने महिला साक्षरता कार्यक्रम प्रशिक्षण दिनुभएको थियो भने वडा सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.