Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. ३ मा तीनदिने कौसी खेती तालिम सम्पन्न

२०७६ कार्तिक ८ गते, आइतबार ।

0

भक्तपुर नगरपालिका ३ वडा समितिको आयोजनामा भएको ३ दिने कौसी खेती तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम प्रमुख अतिथि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको उपस्थितिमा आइतबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा उहाँले जनताको सरसल्लाहअनुसार विकास निर्माण, समपदा संरक्षण, शिक्षा स्वास्थयलगायतमा कार्य अगाडि बढाइरहेको बताउनुहुँदै आफूले बस्ने ठाउँको वातावरणलाई स्वस्थ बनाउन घरबाट निस्कने फोहरलाई घर घरबाटै व्यवस्थापन हुने, हरियाली कायम हुने, स्वस्थबद्र्धक तरकारी खानसक्ने भएकोले कौसी खेती तालिम उपयुक्त छ भन्नुभयो ।

भनपा वडा ३ का वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य सुनिता अवाल, कृष्णगोपाल चौगुठी, कौसी खेती तालिमका प्रशिक्षक सबिन ख्याजु, प्रशिक्षार्थीहरु अमित गोरा र नुतनदेवी श्रेष्ठ र वडा सचिव विश्वराम सिबन्जारले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.