Explore news and happenings at Bhaktapur

वडा नं. ३ मा कौशी खेती तालिम शुरु

२०७६ मंसीर ५ गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाका उपप्रमुख श्री रजनी जोशीले भनपा–३ को आयोजनामा भएको तीन दिने कौशी खेती तालिमको बिहीबार उद्‍घाटन गर्नुभयो ।

कार्यक्रमको उद्‍घाटन गर्नुहुँदै उपप्रमुख जोशीले भनपाले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखी इन्जिनियरि· लगायत ७ वटा कलेजहरु सञ्चालन गरिरहेको, नगरका हरेक वडामा व्यायाम स्थल स्थापना गरेको, दम खोकी रोगको उपचारका लागि छाती पुनर्स्थापना केन्द्र तथा १०० शैंया क्षमताको ख्वप अस्पतालको निर्माण भैरहेको जानकारी गराउनुभयो ।

उहाँले नगरको वातावरण स्वच्छ र सफा बनाउन घर–घरबाट निस्किने कुहिने तथा नकुहिने फोहोर छुट्याएर मात्र आफ्नो टोल–टोलमा फोहोर संलकन गर्न आउने ट्राइसाइकललाई पठाउनुहुन अनुरोध गर्नुभयो ।

उप्रमुख जोशीले भक्तपुर नगरमा जग्गा जमीनको अभाव हुँदै गएको हुँदा कौशी खेती तालिम पश्चात वडावासीहरुले आफ्नै कौशीमा विषादीमुक्त तरकारी खेती गर्न सक्षम बनाउन यो तालिम महत्वपूर्ण भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले वर्षै भरी नगरवासीहरुका लागि विभिन्न तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिनुहुँदै उहाँले भूगोलशास्त्र, राजनीतिशास्त्र, संस्कृति, कानुन तथा कलाशास्त्र विषय अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रम वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरबासीहरु स्वस्थ रहन खानपानमा ध्यान दिई नियमित व्यायाम गर्नुपर्ने बताउनुहुँदै बजार सामान खरिद गर्दा ती सामानहरुको म्याद नाघेका हो वा होइन एकीन गरेर मात्र खरिद गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ चैत्र ४–८ गतेसम्म हुन गइरहेको भक्तपुर महोत्सबबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रशिक्षक सविन ख्याजुले आफ्नो घरको लागि आवश्यक विषादीमुक्त तरकारी आफ्नै कौशीमा उत्पादन गर्न सकिने तथा कौशी खेतीले घरबाट निस्किने फोहोर व्यवस्थापन गर्न सघाउ पुर्‍याउने जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवाल, वडा सदस्य कृष्णगोपाल चौगुठी र समाजसेवी रामसुन्दर खाताखोले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.