Explore news and happenings at Bhaktapur

उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

भक्तपुर । कार्तिक ३० गते, शनिबार

0

द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरको आयोजनामा कार्तिक २९ र ३० गते भएको उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भयो । समापन तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार सहिद स्मृति खेल मैदानमा भएको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले खेलाडीहरुले देशको सार्वभौमिकता रक्षा र आत्मसुरक्षाको निम्ति खेल खेल्नु आवश्यक भएको बताउनुभयो ।

खेलसँगै आफ्नो अध्ययनको विषयमा विशेषज्ञता हासिल ढंगले पढाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले खेललाई मानव जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप भक्तपुर नगरपालिकाले खेलाडी केन्द्रित गतिविधिमा जोड दिइरहेको बताउनुभयो ।

विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले वर्षका उत्कृष्ट खेलाडी, रेफ्री तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई मेडल जित्न सफल खेलाडीहरुलाई पनि हरेक वर्ष सम्मान गर्दै आएको उहाँले बताउनुभयो ।
नेपाल तेक्वान्डो संघ प्रदेश नं. ३ का अध्यक्ष केशव पुरीले तेक्वान्दो खेललाई राज्यले प्राथमिकतामा नराखेको गुनासो पोख्नुहुँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न यस किसिमका खेलकुद प्रतियोगिताले टेवा पु¥याउने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रायोजकको तर्फबाट बोल्नुहुँदै लीलानाथ गौतम, आयोजकका तर्फबाट अमिश राजभण्डारी, कार्यक्रमका सभापति एवम् दोजा· प्रमुख विश्वराम मुस्याख्व र समितिका कोषाध्यक्ष सुरेश ब्वेंजुले पनि बोल्नुभएको थियो ।

प्रतियोगितामा विजयी र सहभागी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान पत्र, शिल्ड तथा मायाको चिनो वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.