Explore news and happenings at Bhaktapur

ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । कार्तिक ३० गते, शनिबार

0

ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दिप प्रज्वलन गरी गर्नुभयो ।

प्रमुख प्रजापतिले सहकारी संस्थाका सदस्यहरुको विश्वास जितेर संस्था अगाडि बढ्न शुभकामना दिनुहुँदै भक्तपुर नगरपालिकाले समुदायमा केन्द्रित भएर काम गरेको हुँदा नगरपालिकाले सबै क्षेत्रमा सफलता प्राप्त गरेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालिक कलेजले देशैभरिका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरी शिक्षा प्रदान गर्दै आएको र अब ख्वप विश्वविद्यालय सञ्चालन गरी सिंगो देशलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अनुसन्धान र प्रविधिमा अगाडि बढेको देशले छिटो प्रगति गर्छ त्यसैले भनपाद्वारा सञ्चालित कलेजहरुमा पनि अध्ययन र अनुसन्धानमा जोड दिंदै आएका छौं ।’

भक्तपुर नगरलाई गौरव गर्न लायक सहरको रुपमा विकास गर्ने सोचका साथ अगाडि बढिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले नगरपालिकालाई तिर्नुपर्ने कर समयमा तिर्न र नक्साबमोजिम घर र संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनताको चेतनास्तर उकासेर समाज र समुदायको हितमा संस्थाले काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहा“ले गलत तरिकाबाट सञ्चालन भइरहेका सहकारी संस्थाहरुको भक्तपुर नगरपालिकाबाट अनुगमन भइरहेको बताउनुहुँदै वडाको गतिविधिमा वडाबासी तथा विभिन्न संस्थाहरुको सक्रिय सहभागिताको लागि आभार प्रकट गर्नुभयो । उहाँले संस्थाका असल बचतकर्ता र असल ऋणीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद दुमरुले संस्थाले सदस्यहरुको वैयक्तिक प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन ऋणमार्फत टेवा पु¥याउँदै आएको छ भन्नुभयो ।

संस्थाका प्रशासक पियुस दुमरुले संस्थाको आर्थिक व्यवस्थापन सबल बनाउन दैनिक रुपमा हिसाब मिलान, लेखा प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार तथा ऋणी सदस्यलाई सचेत गर्ने कार्यहरु गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका लेखा संयोजक नवराज धौगोडाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष विनयराज रेग्मीले आर्थिक प्रतिवेदन, सचिव मोहनकृष्ण श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महिला उपसमितिका सुभद्रा कोजु र सञ्चालक समिति उपाध्यक्ष सुस्मिता घिसिङले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले संस्थाका संस्थापक सदस्यहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.