Explore news and happenings at Bhaktapur

कमलविनायकमा नियमित पाक्षिक सरसफाइ कार्यक्रम सम्पन्न

२०७६ मंसीर १ गते आइतबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाई अन्तर्गत आइतबार भनपा–१० स्थित वडा कार्यालय परिसर र गोंगपुखु परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सरसफाइ कार्यक्रम “हाम्रो ठाउँ हामी आफैले सफा गर्नुपर्छ” भन्ने भावना विकसित गर्नको लागि आयोजना गरिएको बताउनुहुँदै भक्तपुर नगरपालिकाको आयोजनामा चैत्र ४–८ गतेसम्म भक्तपुर महोत्वस हुने जानकारी गराउनुभयो । महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा नगरवासीहरुलाई समेटेर आयमूलक कार्यमा लगाउनु रहेको बताउनुहुँदै महोत्सवको सफलताको लागि सबैको सहयोगको लागि आव्हान गर्नुभयो ।

उहाँले नगरपालिका नगरबासीहरुको साझा संस्था भएको र सरसफाइ पनि हामी सबैको साझा जिम्मेवारी भएको हुँदा पाक्षिक रुपमा १–२ घण्टा सरसफाइ कार्य गरिरहनुपर्ने बताउनुहुँदै मंसीर १४ गते हुन लागेको भक्तपुरको प्रदेश निर्वाचन क्षेत्र १ (क) को उप–निर्वाचनमा वडा नं. १० का वडावासीहरुले आ–आफ्नो अमूल्य मतको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौ‌ंमिखाले नियमित सरसफाइलाई हरेक वडावासीले निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुहुँदै यस कार्यमा सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, अगुवा कार्यकर्ताहरु,विभिन्न संघसंस्थाहरु, विद्यालयहरु लगायत समाजसेवीहरुको साथ र सहयोगको अपेक्षा राख्नुभयो ।

कार्यक्रममा वडा नं. १० का वडासदस्य जितेन्द्र मुनंकर्मी, पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलक र वडासचिव गोविन्दराम थुसाले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.