Explore news and happenings at Bhaktapur

देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको रिप्लट्रिङ नीतिसम्बन्धी जग्गाधनी—मोही भेला

२०७६ कार्तिक २८ गते, बिहीबार

0

भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाको सञ्चालनमा रहेको देको–मिवा–ईतापाके जग्गा एकीकरण आयोजनाभित्र परेका जग्गा धनी र मोहीहरुको शुक्रबार भेला भयो ।
जग्गा योगदान प्रतिशतबारे जानकारी दिने उद्देश्यले भएको उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले व्यवस्थित र स्वस्थ बसोबासको लागि आवास योजना आवश्यक भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “एकीकृत आवास योजनामा सकेसम्म कम जग्गा कटौती गर्ने र कम लगानी हुनेगरी समयमा सम्पन्न गर्न योजनाले विशेष ध्यान दिनु आवश्यक छ ।”
ब्लकको रिप्लटिङ नक्सा तयार भएको सकारात्मक रहेको धारणा राख्दै उहा“ले सरोकारवालाको सुझाव र समस्यालाई सम्बोधन गरी आयोजनाले काम गर्न सके जनताको मन जित्न सकिने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “पूर्वतिरको ब्लक पनि छिट्टै रिप्लटिङ नक्सा गर्नु आवश्यक छ । भूकम्प पीडित जनतालाई समयमा बसोबास गर्न पाउने गरी जग्गा फिर्ता गरिनुपर्छ । आवास योजनामा बन्ने घरहरु एउटै शैली, उचाइ र रङरोगन गराउनेतर्फ पनि सरोकारवालाले ध्यान दिनु आवश्यक छ ।”
भनपाका प्रमुख सुनिल प्रजापतिले व्यवस्थित सहर बनाउने उद्देश्यले जग्गा एकीकरण सञ्चालन भएको उल्लेख गर्दै जनताको साथ भएमात्र आयोजना सजिलै सञ्चालन हुने बताउनुभयो ।
भनपाले गर्दै आएका कार्यहरुबारे जानकारी दि“दै प्रमुख प्रजापतिले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धताअनुसार नै भनपाका जनप्रतिनिधिहरुले कार्य गरिरहेको छ भन्नुभयो ।
आयोजनाबारे आयोजना प्रमुख इ. ओमहरि थाले प्रस्तुतिकरण गर्नुभएको उक्त कार्यक्रममा भनपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकला, वडा नं. ३ का वडाअध्यक्ष राजकृष्ण गोरा र उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष तुलसीराम धुख्वाले पनि बोल्नुभएको थियो

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.