Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति नगरब्यापी विद्यालयस्तरीय खेलकुद निरीक्षणमा

२०७६ कार्तिक १८ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाको आयोजनामा भइरहेको नगरव्यापी विद्यालयस्तरीय खेल प्रतियोगिताअन्तर्गत कार्तिक १८ गते सोमबार बिहान भक्तपुरको दरबार क्षेत्रमा भएको कसिमला पाँय्, सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा भएको एथ्लेटिक्स र सहिद स्मृति खेल मैदानमा भएको भलिबल खेल निरीक्षण गर्नुभयो ।

निरीक्षणको क्रममा भक्तपुर दरबार क्षेत्रमा सञ्चालित कसिमला पाँय खेलको औपचारिक सुरुवात गर्नुहुँदै नगर प्रमुख प्रजापतिले ‘कसिमला पाँय’ खेल पुर्खाले छोडेको भक्तपुरको स्थानीय खेल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले यस खेलको प्रवद्र्धन र नयाँ पुस्तालाई खेल खेल्ने विधि सिकाउन स्थानीय पाठ्यक्रममा समावेश गरेको जानकारी गराउनुहुँदै खेल जित्न र मनोरञ्जनको लागि खेल्ने नभई आपसी सौहार्द कायम राख्न पनि मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुरका विद्यार्थीहरुलाई यहाँका स्थानीय विषयवस्तुबारे जानकारी गराउने अभियानमा रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाको सबै कार्यहरुमा जनसहभागिताले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय खेलको प्रतियोगिता सञ्चालन भइरहेको छ ।

भक्तपुरको दरबार क्षेत्रमा भएको कसिमला पाँय्,

 सिद्धपोखरी उत्तरतर्फको खेलमैदानमा भएको एथ्लेटिक्स

र सहिद स्मृति खेल मैदानमा भएको भलिबल खेल

Leave A Reply

Your email address will not be published.