Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समुद्घाटन र्‍यालीका केही झलकहरू

२०७६ कार्तिक १७ गते, आइतबार

0

नगरपालिकाको आयोजना २०७६ कार्र्तिक १७ देखि २३ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय खेल प्रतियोगिताको समुद्घाटन ¥याली आइतबार बिहान सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालयको अगाडिबाट नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । उद्घाटन कार्यक्रममा खेलाडीहरुले जिम्न्यास्टिक खेल पनि प्रदर्शन गरेका थिए ।

¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयहरु, प्रतियोगी खेलाडीहरु, बाँसुरी बाजा, धिमे बाजा, नगरपालिकाका कर्मचारीहरु, टीम, क्लब, पुस्तकालय, सहकारी संस्था र खेलप्रेमी तथा सबै वडाका खेलकुद समितिका स्वयम्सेवकहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.