Explore news and happenings at Bhaktapur

नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आजबाट सुरु

२०७६ कार्तिक १७ गते, आइतबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजना २०७६ कार्र्तिक १७ देखि २३ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक र कसिमला पाँय खेल प्रतियोगिताको उद्घाटन आइतबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्नुहु“दै नेता बिजुक्छे“ले खेलकुद गतिविधि भनेको शारीरिक कला प्रदर्शनी भएको बताउनुहुँदै कुनै व्यक्ति शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुको मुख्य उद्देश्य देश र जनताको बढी सेवा गर्नको निम्ति हो भन्नुभयो ।

खेलकुद वा जुनसुकै क्षेत्रमा हुने जालसाजी र पक्षपातीपूर्ण व्यवहारले कसैको हित नहुनेतर्फ सजग पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले परीक्षाको समयमा नक्कल गरी उत्तीर्ण हुने विद्यार्थीको जीवन पनि असफल नै हुने प्रस्ट पार्नुभयो ।

खेलकुद क्षेत्रमा भइरहेको पक्षपातको निन्दा गर्नुहुँदै उहाँले भक्तपुरलाई खेलको राम्रो सम्भावना भएको क्षेत्रको रुपमा विकास गर्न भक्तपुर नगरपालिकाले आवश्यक भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्तरीय प्रशिक्षणले योग्य खेलाडी तयार हुने बताउनुहुँदै भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको भौतिक निर्माणमा जोड दिंदै छ भन्नुभयो । ‘भक्तपुर नगरपालिकाले खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्न प्राथमिकताका साथ अगाडि बढाइरहेको छ’ – उहाँले भन्नुभयो ।

शारीरिक निष्क्रियता र विषादीयुक्त खानेकुराका कारण अहिले नसर्ने रोगको जोखिम बढिरहेको जिकिर गर्नुहुँदै प्रमुख प्रजपातिले सिद्धिपोखरीको उत्तरतर्फको खेलमैदान सर्वसाधारण जनताले पनि खेलकुद प्रयोजनको लागि प्रयोग गर्न पाइने जानकारी दिनुभयो ।

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले देशमा अहिले शारीरिक र मानसिक रुपमा स्वस्थ नागरिकको आवश्यकता भएको बताउनुभयो ।

खेलकुद क्षेत्रमा भइरहेको अनियमितता र भ्रष्टाचारविरुद्ध संघर्ष आवश्यक भएको औंल्याउनुहुँदै सांसद गोसाईंले स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको निम्ति तयार भई समग्र देशको प्रतिष्ठा उँचो राख्ने ढंगले खेलमा भाग लिन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नया“ पुस्तालाई सक्षम र शारीरिक रुपमा सक्रिय राख्न खेलकुदले महŒवपूर्ण भूमिका खेल्ने बताउनुहुँदै देशको सार्वभौमिकता रक्षाको निम्ति पनि खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुद आयोजना हुने विभिन्न स्थानहरूबारे अवगत गराउनुहुँदै खेलकुदले विद्यार्थीहरूलाई स्वस्थ, स्फूति, तन्दुरुस्त बनाउनुका साथै आपसी सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाद्वारा आयोजित खेलकुद प्रतियोगितामा ७४ वटा विद्यालयले प्रतियोगितामा भाग लिएको जानकारी गराउनुहुँदै खेलकुद प्रतियोगिता सञ्चालनमा योगदान गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालयको अगाडिबाट नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।

उद्घाटन कार्यक्रममा खेलाडीहरुले जिम्न्यास्टिक खेल पनि प्रदर्शन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.