Explore news and happenings at Bhaktapur

पाँच दिने भक्तपुर महाेत्सव हुने

२०७६ कार्तिक ८ गते शुक्रबार ।

1

भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रबर्द्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ चैत्र ४ गतेदेखि ८ गतेसम्म भक्तपुर महोत्सव हुने भएको छ ।

भक्तपुर नगरपालिकाले जनाए अनुसार उक्त महोत्सवबाट यहाँको कला संस्कृति, परम्परागत उत्पादन, सीप, शैली र मौलिक जीवनशैली लगायतको प्रबद्र्धन हुने र यसबाट आन्तरिक र वाह्य पर्यटन फस्टाउने अपेक्षा गरिएको छ । २०५४ सालमा नगरपालिकालेनै सम्पन्न गरेको भक्तपुर महोत्सव २०६९ सालमा सम्पन्न गरेको भक्तपुर सडक महोत्सवको अनुभवबाट सिक्दै भक्तपुर नगरपालिकाले नेपाल पर्यटन वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास लिइएको छ । यसले स्थानीय उत्पादनले उचित बजार प्राप्त गरी उद्योगी र ब्यापारीहरु लाभान्वित हुने विश्वास लिएको छ । भक्तपुरको मौलिक परम्परागत उत्पादनहरु भादगाउँले कालो टोपी, हाकुपटासी, ताइचिन चिउरा, जुजु धौ, पौवा चित्र, धातुकला, काष्ठकला, मृतिका कला लगायतका उत्पादनहरु अझ प्रबर्द्धन हुने र यसले नेपालकै पर्यटन उद्योगलाई टेवा पुर्‍याउने अपेक्षा गरेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेका यहाँका विश्व सम्पदामा सूचिकृत पुनःनिर्माण र जीर्णोद्वार भैसकेका सम्पदाहरुको प्रत्यक्ष अवलोकनको अवसर पर्यटकलाई प्रदान गर्नेछ । महोत्सवले स्थानीय पूर्वाधार विकास, सरसफाइ, रोजगारीको अवसर र आर्थिक गतिविधि वृद्धि गर्ने विश्वास लिएको छ । महोत्सवमा हस्तकलाको प्रदर्शनी, दही महोत्सव, खाना महोत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम, चिकेन एण्ड एग फेस्टिबल, परम्परागत बाद्यबादन प्रतियोगिता, मौलिक नेवारी जीवनशैली प्रदर्शनी, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, मृतिका कला प्रदर्शनी, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, महिला हस्तकला र सहकारी गतिविधि, पुस्तक र फोटो प्रदर्शनी, दीपावली, नौबाजा प्रदर्शनी, हलिमलि प्रदर्शनी लगायतका विभिन्न गतिविधिहरु समेटिने आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ ।

भक्तपुर महोत्सवको लागि आवश्यक बजेटको व्यवस्थाको लागि भक्तपुर नगरपालिकाले रु १ करोड छुट्याएको जनाएको छ । महोत्सव भव्यताका साथ सम्पन्न गर्न विभिन्न सरोकारवालाहरु सम्मिलित मूल आयोजक समिति गठन गरिने पनि स्रोतले जनाएको छ ।

1 Comment
  1. Ram says

    The date mentioned in above is mistake b.s. 2076 or 2077 ?

Leave A Reply

Your email address will not be published.