Explore news and happenings at Bhaktapur

श्री गुरु गणेश बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा

२०७६ असोज १७ गते । शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कृषकको बाहुल्यता भएको नगरमा नगरपालिकाले कृषिसँग सम्बन्धित धानको बीऊ वितरण, कृषि प्राविधिक तालिम, कौसी खेती तथा बेमौसमी तरकारी बालीका तालिमहरुको सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखी घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको र भक्तपुरको च्याह्मासिंहमा नगरपालिकाले ख्वप अस्पताल निर्माण गरिरहेको जानकारी गराउनुभयो ।

भक्तपुर नगरपालिकाले नगरको सन्तुलित विकासमा जोड दिइरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपा स्थानीय सरकार सञ्चालनमा पनि व्यवस्थित ढंगले अगाडि बढिरहेको छ भन्नुभयो ।

आफ्नो ठाउँको विकास गर्न विदेशीको भर पर्नु भनेको आफ्नो अस्तित्व गुमाउनु हुनेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक सम्पदाहरु नगरपालिकाकै बजेटबाट उपभोक्ता समितिमार्फत् निर्माण भइरहेको बताउनुभयो ।

नेमकिपाको सातौं महाधिवेशनमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले पार्टीको हरेक गतिविधिमा सक्रियतापूर्वक लाग्न र आवश्यक सहयोगको लागि पनि आह्वान गर्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले साधारणसभाको पूर्ण सफलताको कामना गर्नुहुँदै सहकारी संस्थाले आफ्ना कार्यक्रम र आर्थिक गतिविधि पारदर्शी राख्नुपर्ने बताउनुभयो ।

समुदायमा आधारित सहकारी संस्थाले समाज सुहाउँदो काम गर्नुपर्ने, समाजको आवशयकताअनुसार विभिन्न गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिंदै वडाध्यक्ष ज्याख्वले भक्तपुर नपाले निःशुल्क आर्युवेदिक उपचार सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले दशैंको समयमा स्वस्थ खानपान र सरसफाइमा ध्यान दिनुपर्ने र सहकारी संस्थाले व्यापक जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापति, उपाध्यक्ष कृष्णराम कासिछ्वा, सचिव सत्यराम ज्ञामरु र कोषाध्यक्ष तुल्सीकेशरी प्रजापतिले संस्थाका स्थापनाको उद्देश्य, आ.व. २०७५÷७६ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले असल नियमित बचतकर्ता, असल बाल बचत, असल ऋणी र ज्येष्ठ सदस्यहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.