Explore news and happenings at Bhaktapur

भनपा प्रमुखबाट विद्यालय अनुगमन

२०७६ जेष्ठ १४ गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा–१ स्थित गणेश मा.वि. र भनपा–३ स्थित मेधा मा.वि.को अनुगमन गर्नुभयो । अनुगमनको क्रममा गणेश मा.वि.मा निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्नुभयो र प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुसँग विद्यालयको शैक्षिक र भौतिक अवस्थाबारे बुझ्नुभयो ।
अनुगमनकै क्रममा तेखापुखुस्थित मेधा माविमा निरीक्षण गर्नुहुँदै प्र.अ. गंगाधर हाडासँग विद्यालयको शैक्षिक प्रगति सम्बन्धी बुझ्नुभयो । निरीक्षणको क्रममा प्रमुख प्रजापतिले प्र.अ.सँग विद्यालयको शैक्षिक स्थिति राम्रो भएको, भवनको छाना आधुनिक देखिएकोले नियमानुसार गर्नुपर्ने र स्थानीय पाठ्यक्रम प्रभावकारी रुपमा अध्ययन अध्यापन गराउनुपर्ने विषयमा सुझाव दिनुभयो । प्रमुख प्रजापतिले मेधा मा.वि.को तपालाछिस्थित पुरानो भवनको पुनःनिर्माण सम्बन्धी बुझ्न स्थलगत अवलोकन गरी भवनको भौतिकस्थितिबारे बुझ्नुभयो र भवन निर्माणको लागि नपाबाट सक्दो सहयोग गर्ने बताउनु भयो । अनुगमनमा भनपा वडा न‌ं‍. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री पनि सहभागि थियो ।

 

Leave A Reply

Your email address will not be published.