Explore news and happenings at Bhaktapur

ब्यासीमा आँखा शिविर सम्पन्न

२०७६ जेठ ४ गते, शनिबार

0

भक्तपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा ब्यासीमा आँखा शिविर सम्पन्न भयो ।

उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदालाई विशेष महŒवका साथ ध्यान दिएको बताउनुहुँदै ख्वप अस्पताल निर्माण भइरहेको जानकारी दिनुभयो । भनपाले तीनवटा जनस्वास्थयको सञ्चालन गर्दैै आएकोमा ब्यासी जनस्वास्थयलाई स्तरीकरण गर्नुपर्ने जनताको आवाज भएको बताउनुभयो ।

वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले २०७६ जेठ १ गतेदेखि कुहिने र नकुहिने फोहर संकलन छुटाछुटै गर्दै आएकोले सो कार्यक्रमलाई जनताको साथ दिनुपर्ने बताउनुभयो । वडाको विभिन्न विकास निर्माणबारे जानकारी दिंदै भक्तपुर नगरलाई अझ विकास गर्ने हामी सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

स्थानीय समाजसेवी एवम् अग्रज दामोदर सुवालले भनपाले विभिन्न कलेज खोलेर जनताको सेवा गर्दै आएको र जनतासँग मिलेर सफाइ कार्यक्रम अगाडि बढाएको सकारात्मक पक्ष भएको बताउनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान, भक्तपुर शाखाका धिरज अधिकारी, वडा सदस्यहरु श्यामसुन्दर मातां र रत्नकाजी नायभारीले बोल्नुभएको सो आँखा शिविरमा २६० जनाले आँखा जाँच भएको थियो ।

Leave A Reply

Your email address will not be published.