Explore news and happenings at Bhaktapur

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर । २०७६ वैशाख १८ गते, बुधबार

0

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा बुधबार ख्वप कलेजमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश विकासको लागि असल, इमानदार र देशभक्त राजनीतिक नेता-कार्यकर्ताहरू आवश्यक भएको बताउनुभयो ।

एमाले र काङ्ग्रेसका नेताहरू भारतको ‘ट्रोजन हर्स’ भएको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र त्यसले पार्ने प्रभावबारे जानकारी नराखी सत्तामा रहेका मन्त्री-प्रधानमन्त्रीले हस्ताक्षर गर्दा देशमा विदेशी हस्तक्षेप बढेको छ ।”

“जनताको पिर-मर्कालाई सम्बोधन गर्ने र अन्यायविरूद्ध लड्ने नयाँ युवा पुस्ता तयार गर्न प्राध्यापकहरूले मेहनत गर्नुपर्छ । राम्रो राजनीतिक कार्यकर्ता तयार नभएसम्म देश अगाडि बढ्नेछैन ।”, उहाँले भन्नुभयो । बुद्धिजीवीहरूले मजदुर–किसानलगायत कामगरी खाने वर्गको पक्षमा लेख-रचनाहरू लेखी मजदुर दिवस मनाउनुपर्ने धारणा अध्यक्ष रोहितले राख्नुभयो ।

भेनेजुयलामाथि संरा अमेरिकाको हस्तक्षेप निन्दनीय भएको चर्चा गर्दै उहा“ले प्रश्न गर्नुभयोे, “भेनेजुयलमाथि संरा अमेरिकाले गरेजस्तै चीन र भारतले एसियामा हस्तक्षेप गरे संसारमा प्रजातन्त्र कहा“ रहन्छ ?”

भेनेजुयलामा आर्थिक संकट आएको नभई ल्याईएको हो, भेनेजजुयलाको आफ्नै स्रोत–साधन छ ।” उहा“ले भन्नुभयो ।
“ठूला सन्चार माध्यमहरू पैसा कमाउने पुँजीपति वर्गको सेवा गर्ने उद्देश्यले सञ्चालन भइरहेको हु“दा जनताको पक्षमा लेखेका लेख तथा समाचारहरू प्रकाशित नगरिएको हो”, उहाँले भन्नुभयो । पार्टीको सिफारिस वा भागवण्डामा मनोनयन भएका न्यायाधीशहरूले निष्पक्ष न्याय दिनेमा शड्ढा उठ्ने उहा“ले उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति विद्यालय-कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधानको मर्म र भावनाअनुसार देश अगाडि बढ्न नसकेको बताउनुभयो ।

सरकारले सङ्घीयताको मान्यताविपरीत केन्द्रीकृत निर्णय लाड्नु गलत भएको उल्लेख गर्दै निजीकरणलाई जोड दिने नेकपा सरकार कम्युनिष्ट पार्टी हुन नसक्ने स्पष्ट पार्नुभयो ।

विदेशी लगानी नाफा कमाउनकै लागि भएकोले स्वदेशी पुँजी विकास नभएसम्म देशले समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले जनताको पक्षमा काम गरिरहेको बताउनुभयो ।

शिक्षाको माध्यमबाट देशलाई अगाडि बढाउने लक्ष्य अनुसार भनपाले ७ वटा शैक्षिक संस्थाहरू सञ्चालने देशकै सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले मजदुर दिवसबारे बोल्नुभएको थियो ।

कार्यक्रममा शिक्षक राजेशकुमार श्रेष्ठ र सुनिता गाइसीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.