वागीश्वरीमा अनुसन्धानसम्बन्धी ३ दिने तालिम सुरु
भक्तपुर, २०७५ चैत २६ गते, मंगलबार
भक्तपुर, २०७५ चैत २४ गते । वागीश्वरी कलेको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Research Based Writing and Pu
blication तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँबाट सोमबार वागीश्वरी कलेजको सभाहलमा भएको छ ।
प्रमुख अतिथि बिजुक्छेंले सारा विश्वका जनताको सेवा गरेका चिन्तकहरूले गरेको विभिन्न अनुसन्धानको बारेमा बताउनुहुँदै शिक्षकहरूले आफ्नो अनुसन्धानको विषय व्यापक कामदार जनताको हितमा सोच्नु आवश्यक छ भन्नुभयो ।
कम्युनिष्ट घोषणापत्रको एउटा वाक्यमा पनि अनेकौं किताब प्रकाशित भएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले अन्तर्राष्ट्रिय राजनीतिक आन्दोलन विभिन्न विद्वानहरूले गरेको अनुसन्धानको परिणाम हो भन्नुभयो ।
विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको आत्मनिर्भरताको सिद्धान्तबारे बताउँदै वागीश्वरीले कहिले पनि पैसाको निम्ति काम नगर्ने बताउनुभयो ।
देशकै जेठो त्रिभुवन विश्वविद्यालयले अनुसन्धानमा जम्मा ७ प्रतिशत बजेट विनियोजन गरेकोमा असन्तुष्ट व्यक्त गर्दै देश र देशवासीको भविष्यबारे चिन्तकहरू उत्पादन गर्ने शैक्षिक संस्था विश्व बैंक तथा एशियाली विकास बैंक लगायतका साम्राज्यवादी हतियारहरूको पछि दौडिनु गलत छ भन्नुभयो ।
पैसाको लागि तालिममा सहभागी हुने शिक्षकहरूको उदाहरण दिंदै उहाँले तालिममा सहभागी शिक्षकहरूले २१ औं शताब्दीको लागि योग्य अर्थात् अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्छ भन्नुभयो ।
कार्यक्रमका सभापति वागीश्वरी अन’सन्धान व्यवस्थापन विभाग (RMC) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक राजन चौगुठीलगायतले बोल्नुभएको थियो ।





